भारतले २ अर्ब रुपैयाँ बढायो नेपाललाई दिने आर्थिक सहायता
काठमाडौं । भारतले आगामी आर्थिक वर्ष सन् २०२३/२४ मा नेपाललाई दिने आर्थिक सहायता बढाएको छ ।
भारतकी वित्तमन्त्री निर्मला सितारमणले गरेको बजेट भाषणअनुसार नेपाललाई दिने आर्थिक सहायता १ अर्ब २५ करोडले बढाइएको हो ।
यसको अर्थ नेपालले आगामी आर्थिक वर्षमा चालू वर्षको आर्थिक सहायताको तुलनामा २ अर्ब रुपैयाँ बढी आर्थिक सहायता पाउनेछ ।
चालू वर्षमा भारत सरकारले गत वर्ष नेपाललाई ६ अर्ब ८० करोड पैयाँ (४ अर्ब २५ करोड भारु) अनुदान दिएको थियो ।
यसमा २ अर्ब रुपैयाँ बढाएर भारतले आगामी आर्थिक वर्षमा ८ अर्ब ८० करोड रुपैयाँ (५ अर्ब ५० करोड भारु) अनुदान दिनेछ । दक्षिण एसियाली मुलुकमा भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई दिने घोषणा गरेको छ ।
भारतले भुटानलाई २४ अर्ब भारु, माल्दिभ्सलाई ४ अर्ब भारु, अफगानिस्तानलाई २ अर्ब भारु र बंगलादेशलाई २ अर्ब भारु अनुदान दिने घोषणा गरेको छ ।
(यसअघि समाचारमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ-सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण