भारतले २ अर्ब रुपैयाँ बढायो नेपाललाई दिने आर्थिक सहायता

काठमाडौं । भारतले आगामी आर्थिक वर्ष सन् २०२३/२४ मा नेपाललाई दिने आर्थिक सहायता बढाएको छ ।
भारतकी वित्तमन्त्री निर्मला सितारमणले गरेको बजेट भाषणअनुसार नेपाललाई दिने आर्थिक सहायता १ अर्ब २५ करोडले बढाइएको हो ।
यसको अर्थ नेपालले आगामी आर्थिक वर्षमा चालू वर्षको आर्थिक सहायताको तुलनामा २ अर्ब रुपैयाँ बढी आर्थिक सहायता पाउनेछ ।
चालू वर्षमा भारत सरकारले गत वर्ष नेपाललाई ६ अर्ब ८० करोड पैयाँ (४ अर्ब २५ करोड भारु) अनुदान दिएको थियो ।
यसमा २ अर्ब रुपैयाँ बढाएर भारतले आगामी आर्थिक वर्षमा ८ अर्ब ८० करोड रुपैयाँ (५ अर्ब ५० करोड भारु) अनुदान दिनेछ । दक्षिण एसियाली मुलुकमा भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई दिने घोषणा गरेको छ ।
भारतले भुटानलाई २४ अर्ब भारु, माल्दिभ्सलाई ४ अर्ब भारु, अफगानिस्तानलाई २ अर्ब भारु र बंगलादेशलाई २ अर्ब भारु अनुदान दिने घोषणा गरेको छ ।
(यसअघि समाचारमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ-सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको दोस्रो चरणको जागरण अभियान पाटनबाट सुरु
-
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष प्रचण्ड
-
फाइनलमा पुग्ने लक्ष्यसहित नेपाल आज बलियो बंगलादेशसँग भिड्दै
-
भरतपुर महानगरले धुर्मुस–सुन्तलीको ऋण नबोक्ने, सोझै फाउन्डेसनमा अनुदान पठाउन पत्र
-
बानेश्वरमा जिपको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित