म खुसी छु
दूर क्षितिजमा सुस्ताउँदै गरेको सूर्य
मन्द बतास अनि तिम्रो याद
सायद तिमी पनि सुस्ताउँदै होलाऊ
खुला आकाश मुनिको कुनै विशाल चौतारीमा
सम्झँदै होलाऊ ती साँझका शयरहरु
बाटो हिँड्ने बटुवाहरू छक्क पर्दै होलान्
अकारण जस्ता देखिने तिम्रा मुस्कान हेरेर
साँच्चै, त्यो पनि समय थियो र यो पनि समय
त्यो समय लाग्थ्यो, समय त्यस्तै रहिरहनेछ
तर समय हो
आफ्नो धर्म किन छाड्थ्यो र, मान्छेले झैँ
समयले आफूसँगै
तिम्रो ठेगाना पनि परिवर्तन गरिदिएको छ
तिमी टाढा छौ धेरै टाढा
जहाँ सायद मेरा सम्झनाहरू मात्र पुग्दछन्
आज यात्रा एक्लो छ
आफैँसँग कुरा गरिहिँड्छु
हामी गफिएका गल्लीहरूमा
कहिले सँगै हुँदाका पल सम्झेर रत्तिन्छु
कहिले यो पल पनि
सँगै हुन पाएको भए भनेर कल्पिन्छु
तर फेरि साथै भएका सबैलाई
सधैँ खुसी कहाँ देख्न कहाँ पाएको छु र !
त्यसैले, मलाई बिछोड नमिठो लागेको छैन
तिमी व्यस्त हुँदा आफ्नै जिन्दगीमा
म पनि आफ्नो जीवन सिँगारी रहेकी छु
कहिलेकाहीँको याद
अनि कहिलेकाहीँकै बातमा पनि
उस्तै निकटताको आभास गर्छु
भेटिनु–छुटिनु त चलिरहन्छ यहाँ
जस्तो अवस्थामा पनि
सम्बन्ध यत्तिकै मीठो लागिरहोस्
यही आश गर्छु ।
म खुसी छु,
मैले गन्तव्य नसोचेरै
यात्रामा तिम्रो हात समाएँ
म खुसी छु,
मैले भोलि नसोचेरै ती आजहरूमा रमाएँ
म खुसी छु,
जब जब तिमी अनि तिमीसँग
बितेका पल स्मरणमा आउँछन्
मेरा आँखाहरू रसाउन्नन्
बरु ओठ मुस्कुराउँछन्
म खुसी छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण