यस्ता छन् आयोडिनयुक्त नुन खानुका फाइदा
काठमाडौँ । आयोडिन शरीरलाई दैनिक रूपमा नभई नहुने सूक्ष्म पोषक तत्त्व हो । सरकारले ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्दै दुई बालबालिका अङ्कित चिह्न भएको नुन खान आग्रह गर्दै आएको छ ।
नुनले थाईरोड ग्रन्थिबाट थाईरोेइड हर्मोनहरु निकाल्न मद्दत गर्दछ । शरीरको नियमित क्रियाको लागि जस्तै कोशिकाहरूको कार्य सुचारु राख्न, दिमागको वृद्धि र विकास गर्न जस्ता मुख्य मुख्य काममा सहयोग गर्दछ ।
शारीरिक र मानसिक विकासका लागि चाहिने हर्मोन उत्पादनका लागि पनि आयोडिनको आवश्यकता पर्दछ । नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयोडिनको अभाव छ । त्यसैले खानामा आयोडिन मिसाएको नुन खानु नै एक मात्रा सरल उपाय हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आयोडिनयुक्त नुन खानुका फाइदाहरू निम्नानुसार छ–
गर्भावस्थामा
गर्भवती महिलाले दैनिक रूपमा आयोडिनयुक्त नुनको सही मात्रा ५ ग्रामभन्दा कम खाएमा उनीबाट जन्मेको शिशुकाले दिमागको विकास राम्रो हुन्छ ।
आयोडिनको कमीबाट गर्भको बच्चा तुहिने, मृत वा आपङ्गता भएका शारीरिक अपाङ्गता भएका र सुस्त मनस्थिति भएका बच्चा जन्मिने जस्ता समस्याहरूबाट बच्न सकिन्छ ।
बाल्यावस्थामा
बालबालिका १२ महिना भएदेखि खानामा आयोडिनयुक्त नुन खुवाएमा बालबालिकाको मानसिक तथा शारीरिक विकासमा मदत गर्छ । साथै बौद्धिक विकास राम्ररी भई चनाखो बन्दछ ।
किशोरावस्थामा
किशोरावस्थामा आयोडिनको सही मात्राको मानसिक तथा शारीरिक क्षमतामा वृद्धि हुन्छ जसले गर्दा पढाइमा साथसाथै अन्य क्रियाकलापमा पनि सकारात्मक प्रभाव गर्दछ ।
सबै उमेरमा
आयोडिनको सही मात्राले मानसिक तथा शारीरिक विकास राम्ररी हुन्छ । जसले गर्दा गलगाँड तथा आइपोथरोइडजम जस्ता समस्याहरू हुनबाट बचाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण