यस्ता छन् आयोडिनयुक्त नुन खानुका फाइदा

काठमाडौँ । आयोडिन शरीरलाई दैनिक रूपमा नभई नहुने सूक्ष्म पोषक तत्त्व हो । सरकारले ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्दै दुई बालबालिका अङ्कित चिह्न भएको नुन खान आग्रह गर्दै आएको छ ।
नुनले थाईरोड ग्रन्थिबाट थाईरोेइड हर्मोनहरु निकाल्न मद्दत गर्दछ । शरीरको नियमित क्रियाको लागि जस्तै कोशिकाहरूको कार्य सुचारु राख्न, दिमागको वृद्धि र विकास गर्न जस्ता मुख्य मुख्य काममा सहयोग गर्दछ ।
शारीरिक र मानसिक विकासका लागि चाहिने हर्मोन उत्पादनका लागि पनि आयोडिनको आवश्यकता पर्दछ । नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयोडिनको अभाव छ । त्यसैले खानामा आयोडिन मिसाएको नुन खानु नै एक मात्रा सरल उपाय हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आयोडिनयुक्त नुन खानुका फाइदाहरू निम्नानुसार छ–
गर्भावस्थामा
गर्भवती महिलाले दैनिक रूपमा आयोडिनयुक्त नुनको सही मात्रा ५ ग्रामभन्दा कम खाएमा उनीबाट जन्मेको शिशुकाले दिमागको विकास राम्रो हुन्छ ।
आयोडिनको कमीबाट गर्भको बच्चा तुहिने, मृत वा आपङ्गता भएका शारीरिक अपाङ्गता भएका र सुस्त मनस्थिति भएका बच्चा जन्मिने जस्ता समस्याहरूबाट बच्न सकिन्छ ।
बाल्यावस्थामा
बालबालिका १२ महिना भएदेखि खानामा आयोडिनयुक्त नुन खुवाएमा बालबालिकाको मानसिक तथा शारीरिक विकासमा मदत गर्छ । साथै बौद्धिक विकास राम्ररी भई चनाखो बन्दछ ।
किशोरावस्थामा
किशोरावस्थामा आयोडिनको सही मात्राको मानसिक तथा शारीरिक क्षमतामा वृद्धि हुन्छ जसले गर्दा पढाइमा साथसाथै अन्य क्रियाकलापमा पनि सकारात्मक प्रभाव गर्दछ ।
सबै उमेरमा
आयोडिनको सही मात्राले मानसिक तथा शारीरिक विकास राम्ररी हुन्छ । जसले गर्दा गलगाँड तथा आइपोथरोइडजम जस्ता समस्याहरू हुनबाट बचाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते