पूर्वप्रधानमन्त्री झलनाथ खनाल भोलि भारत जाने
बुधबार, ०३ फागुन २०७९, १७ : ०६
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भारत भ्रमणमा जाने भएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनाल बिहीबार भारतको पटना जान लागेका हुन् । भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रण अनुसार पार्टी प्रतिनिधित्व गर्दै नेता खनाल त्यसतर्फ जान लागेका हुन् ।
‘बिहीबार १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि भारतको पटना जान लाग्नुभएको हो’, नेता खनालको सचिवालयले जनाएको छ । त्यस क्रममा नेता खनालले राजनीतिक भेटघाट समेत गर्ने बुझिएको छ । उनले भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
नेपालमा राष्ट्रपति निर्वाचन पेचिलो बनिरहेका बेला राष्ट्रपतिका आकांक्षी समेत रहेका खनालको भारत भ्रमणलाई विशेष अर्थका रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण