रामचन्द्रले राष्ट्रपतिमा सहयोग मागे, उपेन्द्रले उपराष्ट्रपतिमा
शनिबार, ०६ फागुन २०७९, ०९ : १९
१
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार भेटघाट भयो । जसपाको केन्द्रीय कार्यालयमा दुई नेताबीच करिब आधा घण्टा छलफल भएको थियो ।
भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गरेका थिए । यादवले भने उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए । उपराष्ट्रपतिमा आफ्नो पार्टीलाई सहयोग हुनेछ भन्ने राष्ट्रपतिमा सहयोग गर्न तयार रहेको सन्देश यादवले दिएका थिए ।
राष्ट्रपतिको निर्वाचन, विधान अधिवेशनको तयारी लगायतका अजेण्डाहरुमा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
९ क्याम्पसका स्ववियू सभापतिद्वारा त्रिवि पदाधिकारीलाई ध्यानाकर्षण
-
राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला
-
पार्टी प्यालेसको पार्किङबाट चोरिएको स्कुटर खोज्दा खुल्यो गिरोहको रहस्य, ६ जना समातिए
-
भान्स र रुबियो इरान र लेबनान नीतिमा विभाजित हुन् ?
-
राराताल नियाल्ने प्रसिद्ध पर्यटकीय स्थल मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु
-
सुर्खेतमा लाखौँ मूल्यका अवैध सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण