दक्षिण भारतीय निर्देशक एसके भगवानको निधन
सोमबार, ०८ फागुन २०७९, १६ : ३०
काठमाडौँ । दक्षिण भारतीय (कन्नड) फिल्मका निर्देशक एसके भगवानको निधन भएको छ । ८९ वर्षका भगवानको सोमबार बिहान निधन भएको हो ।
उनको मृत्युको कारण उमेर सम्बन्धी रोग बताइएको छ । भारतका कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले सामाजिक सञ्जाल मार्फत मृत्युको खबरको पुष्टि गर्दै उनको निधन प्रति शोक समेत व्यक्त गरेका छन् ।
भगवानले सन् १९५६ मा प्रभाकर शास्त्रीको भाग्योदय फिल्मबाट सहायक निर्देशकको रुपमा फिल्मी करियर थालेका थिए । सन् १९६६ मा रिलिज भएको कन्नड फिल्म ‘सन्ध्य राग’ बाट उनी निर्देशक बने ।
कस्तुरी निवास, इरादु सोयम, बयालु दारी, गिरी कान्ये लगायत ५५ फिल्म उनले निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
-
देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ
-
देशको बदल्न आएको रास्वपालाई महाविधेशन व्यवस्थापन गर्नै धौधौ
-
विद्यालय स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
-
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन
-
रास्वपाको महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण