बुटवल उपमहानगरद्वारा ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक
सारांश
- बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
- उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गरेको बजेटको नारा 'समानता, स्वाभिमान र अवसर : बस्न योग्य बुटवल शहर' रहेको छ।
- बजेटमा कुल खर्चमध्ये ५२ प्रतिशत चालु र ४८ प्रतिशत पुँजीगत खर्च हुने अनुमान छ, जसमा सामाजिक विकासतर्फ २८% र आर्थिक विकासतर्फ १२% विनियोजन गरिएको छ।
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुधबार नगरसभामा बजेट प्रस्तुत गरेकी हुन्।
‘समानता, स्वाभिमान र अवसर : बस्न योग्य बुटवल शहर’ भन्ने नारालाई आत्मसात् गर्दै ल्याइएको बजेटमा कुल खर्चमध्ये ५२ प्रतिशत चालु तथा ४८ प्रतिशत पुँजीगत खर्च रहने अनुमान गरिएको छ।
बजेटमा सामाजिक विकासतर्फ २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट विनियोजन गरिएको उपमहानगरपालिकाले जनाएको छ।
स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट समानीकरण अनुदान २९ करोड २२ लाख रुपैयाँ, सशर्त अनुदान ९चालु० ५० करोड २५ लाख रुपैयाँ, सशर्त अनुदान ९पुँजीगत० ७ करोड ४ लाख रुपैयाँ, विशेष अनुदान ९० लाख रुपैयाँ तथा समपूरक अनुदान २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान २ करोड ३ लाख ६५ हजार रुपैयाँ, सशर्त अनुदान ९चालु० ५६ लाख ५० हजार रुपैयाँ, सशर्त अनुदान (पुँजीगत) १ करोड ७३ लाख रुपैयाँ, समपूरक अनुदान १ करोड ५० लाख रुपैयाँ तथा विशेष अनुदान २० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
राजस्व बाँडफाँडअन्तर्गत सङ्घीय सरकारबाट १९ करोड ४३ लाख ८६ हजार रुपैयाँ र प्रदेश सरकारबाट २ करोड ७५ लाख ६१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
उपमहानगरले आन्तरिक स्रोतबाट १ अर्ब ५० करोड ३८ लाख ५९ हजार २ सय रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ। यस्तै, स्थानीय राजस्व बाँडफाँडअन्तर्गत विज्ञापन, मनोरञ्जन कर तथा प्राकृतिक स्रोत बिक्रीबाट ७८ करोड ७७ लाख ७८ हजार ८ सय रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुके धनगढीका चापाकल, उपमहानगरमा पानी बाँड्दै ट्यांकर
-
रास्वपा महाधिवेशन : मतदानका लागि ८० वटा विद्युतीय मेसिन तयार
-
विराटनगरबाट हराएको पेट्रोल ट्याङ्कर सुनसरीमा भेटियो
-
यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने अनुमान
-
मकवानपुरगढी गाउँपालिकाले ल्यायो ७२ करोड ७५ लाखको बजेट
-
‘निःशुल्क बिजुली’, ‘निःशुल्क पानी’ र ‘छोरीसँग मेयर’ कार्यक्रमलाई निरन्तरता दिँदै मौलापुरले ल्यायो ४२ करोडको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण