माछापुच्छ्रेको बजेट साढे ७० करोड, १२ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा
सारांश
- माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७० करोड ४६ लाखको बजेट प्रस्तुत गरेको छ ।
- बजेटमध्ये सामाजिक विकासमा ३३ करोड ९४ लाख, पूर्वाधार विकासमा १५ करोड ९५ लाख र सुशासनमा ४ करोड ६० लाख छुट्याइएको छ ।
- गाउँपालिकाले ६ देखि १२ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजाका लागि ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि साढे ७० करोडको बजेट प्रस्तुत गरेको छ ।
उपाध्यक्ष सीता अधिकारीले गाउँ सभामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि ७० करोड ४६ लाखको बजेट प्रस्तुत गरेकी हुन् ।
पूरा बजेटमध्ये ४८ करोड ७७ लाख चालु र २१ करोड ६९ लाख पुँजीगततर्फ छुट्याइएको छ । संघ सरकारले ५५ करोड ३ लाख अनुदान उपलब्ध गराउनेछ भने प्रदेश सरकारबाट २ करोड १६ लाख प्राप्त गर्ने अनुमान छ । पालिकाले आफ्नै स्रोतबाट ४ करोड ६० लाख आम्दानी गर्ने प्रक्षेपण गरेकोमा ५ करोड ७६ लाख चालु वर्षमा खर्च हुन नसकेर बाँकी रहेको रकम आगामी बजेटमा समावेश हुनेछ ।
पालिकाको सबैभन्दा ठुलो हिस्सा सामाजिक विकासमा खर्च हुनेछ । सामाजिक विकासमा ३३ करोड ९४ लाख छुट्याइएको छ भने पूर्वाधार विकासमा १५ करोड ९५ लाख तथा सुशासन र सम्बन्धित क्षेत्रमा ४ करोड ६० लाख राखिएको छ ।
पालिकाको समग्र आर्थिक विकासमा ३ करोड १४ लाख र कार्यालय सञ्चालन तथा व्यवस्थापनमा १२ करोड ८० लाख विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले जानकारी दिए ।
गाउँपालिकाले आन्तरिक राजस्वको दायरा बढाउन व्यवसाय कर र घरधुरी करमा सामान्य वृद्धि गर्ने तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्दै राजस्व चुहावट रोक्ने नीति लिने घोषणा गरेको उनले सुनाए । बजेटमार्फत शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको परिमाणात्मक र गुणात्मक अभिवृद्धि गर्ने र प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधार लगानी हुने अध्यक्ष मीनबहादुर गुरुङले बताए ।
वातावरण संरक्षण, विपद् व्यवस्थापन र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणसँगै सामाजिक क्षेत्रमा गुणात्मक सुधार र गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धनमा बजेट केन्द्रित गरिएको उनले जानकारी दिए । पालिकाले लागत साझेदारी कार्यक्रमका लागि छुट्टै ९० लाख विनियोजन गरेको छ भने नवजात बालिकाको नाममा बैंक खातामा जम्मा गर्न ४ लाख राखेको छ ।
माछापुच्छ्रेले ६ देखि १२ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजाका लागि अनुदान दिने भएको छ । यसका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको हो । यस्तै, ९८ दिने प्रसूति बिदाको अवधिमा विद्यालयको पठनपाठन नरोकियोस् भन्नका लागि सट्टा शिक्षक राख्ने व्यवस्था मिलाइएको छ ।
खेलकुदको विकासका लागि गाउँपालिका र वडास्तरीय प्रतियोगिता सञ्चालन गर्न २८ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा पहिरोले गाडी पुरिँदा चालकको मृत्यु
-
मतदानको प्रतीक्षामा रास्वपा प्रतिनिधि (तस्बिरहरू)
-
पूर्वाधार, शिक्षा र कृषिलाई प्राथमिकता दिँदै रुपन्देहीका पालिका
-
धौलागिरिमा ४८ करोड ५२ लाखको बजेट पारित
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण