लहान नगरपालिकाले ल्यायो एक अर्ब ३८ करोडको बजेट
सिरहा । लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि एक अर्ब ३८ करोड ७५ लाख १० हजार ५७६ रुपैयाँ ३७ पैसाको बजेट ल्याएको छ।बुधबार १८ औँ नगरसभामा नगर उपप्रमुख राम चलितर महतोले उक्त बजेट प्रस्ताव गरेको हो।
आन्तरिक स्रोतबाट १६ करोड ३२ लाख आठ हजार ५७६ रुपैयाँ ३७ पैसा, अल्या (मौज्दात रकम) तर्फ २९ करोड रुपैयाँ, सङ्घीय समानीकरण अनुदानतर्फ २० करोड ६३ लाख रुपैयाँ, सङ्घीय सशर्त अनुदान चालुतर्फ ४४ करोड ४३ लाख रुपैयाँ, सङ्घीय सशर्त अनुदान पुँजीगततर्फ एक करोड ७५ लाख रुपैयाँ, सङ्घीय विशेष अनुदान पुँजीगततर्फ एक करोड ७५ लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ।
सङ्घीय समपूरक अनुदानतर्फ ४५ लाख रुपैयाँ, प्रदेश समानीकरणतर्फ एक करोड ४४ लाख ४९ हजार रुपैयाँ, प्रदेश पुँजीगततर्फ ३० लाख रुपैयाँ, सङ्घीय राजस्व बाँडफाँडतर्फ एक करोड २० लाख ६० हजार रुपैयाँ र मालपोत रजिस्ट्रेसन अनुमानित रकम ६ करोड रुपैयाँ गरी कुल एक अर्ब ३८ करोड ७५ लाख १० हजार ५७६ रुपैयाँ ३७ पैसाको बजेट प्रस्ताव गरेको छ।
लहान नगरपालिकाको चालु खर्चतर्फ ३४ करोड ८० लाख रुपैयाँ र सङ्घीय सरकारको चालुतर्फको कार्यक्रमका लागि ४४ करोड ४३ लाख रुपैयाँ गरी जम्मा चालु खर्च ५६.६९ प्रतिशत (७९ करोड २३ लाख रुपैयाँ) र पुँजीगत खर्चतर्फ ४३.३१ प्रतिशत (६० करोड ५२ लाख १० हजार ५७६ रुपैयाँ ३७ पैसा) विनियोजन गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
-
देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ
-
देशको बदल्न आएको रास्वपालाई महाविधेशन व्यवस्थापन गर्नै धौधौ
-
विद्यालय स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
-
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन
-
रास्वपाको महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण