गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
सारांश
- गुल्मीको इस्मा गाउँपालिकामा श्रीमानले मादक पदार्थ सेवन गरी श्रीमतीमाथि दाउराको चिर्पटले प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।
- गम्भीर घाइते मुना कुमाललाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
- घटनामा संलग्न श्रीमान यमबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ।
गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका–५ रातामाटाका ४१ वर्षीय यमबहादुर कुमालले मादक पदार्थ सेवन गरी आफ्नी ३७ वर्षीया श्रीमती मुना कुमालमाथि दाउराको चिर्पटले प्रहार गरेका थिए।
कुटपिटबाट शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर अचेत भएकी मुनालाई सूचना प्राप्त हुनासाथ प्रहरी चौकी धनार्जेबाट खटिएको टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्याएको थियो । उपचारकै क्रममा बुधवार बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनामा संलग्न यमबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक विवेक घलेको नेतृत्वमा अनुसन्धान टोली खटाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख भीमकिरण बोगटीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : भुईँदेखि भित्तासम्म असरल्ल छरिएका उम्मेदवारका प्रचार सामग्री, तस्बिरहरू
-
मन्त्रालयको संख्या घटाएको सरकारले मन्त्रीका स्वकीयको संख्या ९ पुर्यायो
-
वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड, नागरिक केन्द्रित सेवा प्रणाली
-
विश्वकप २०२६ः सबै टोलीको दोस्रो खेल सकिँदा के–के भयो अहिलेसम्म ?
-
रास्वपा महाधिवेशन ‘साइड इफेक्ट’ : प्रतिनिधि सभा बैठक सर्यो
-
पार्टी स्थापनाको छोटो समयमै सरकारको नेतृत्व गर्ने कीर्तिमान रास्वपाले बनाएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण