सुर्खेतका ९ स्थानीय तहले ल्याए झण्डै १० अर्बको बजेट
सुर्खेत । सुर्खेतका ९ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरिसकेका छन्। केही स्थानीय तहहरूले यसअघि नै सार्वजनिक गरिसकेका थिए भने अधिकांशले बुधबार सार्वजनिक गरेका हुन् । ९ स्थानीय तहले आगामी आर्थिक वर्षका लागि झण्डै १० अर्बको बजेट ल्याएका छन् ।
जसमा सबैभन्दा धेरै बजेट प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले ४ अर्ब ७१ करोड २ लाख बजेट ल्याएको छ। गुर्भाकोट नगरपालिकाले १ अर्ब ८ करोड ३० लाख, लेकबेँसी नगरपालिकाले ६९ करोड ३९ लाख २४ हजार, भेरीगंगा नगरपालिकाले ४३ करोड, सिम्ता गाउँपालिकाले ६० करोड ६४ लाख ३० हजार, चिंगाड गाउँपालिकाले ४४ करोड ४६ लाख ३३ हजार बजेट ल्याएका छन्।
यस्तै पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिकाले ६९ करोड ६२ लाख ३४ हजार, बराहताल गाउँपालिकाले ६३ करोड ६ लाख ९६ हजार र चौकुने गाउँपालिकाले ६० करोड ७४ लाख १६ हजार बराबरको बजेट ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण