एमाले बिनाको संघीय र प्रदेश सरकार बन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
आइतबार, १४ फागुन २०७९, २० : ३२
जनकपुरधाम । नेपाल सरकारका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल एमाले सहमतिमा आउने सम्भावना र छाँटकाँट नदेखिएकोले अब एमालेबिनाको संघीय र प्रदेश सरकारहरू नै बन्ने बताएका छन् । जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुख पाएको एमालेले कांग्रेसलाई राष्ट्रपतिमा समर्थन जनाएको भए राष्ट्रिय सहमतिको सरकार बनेर देशले निकास पाउने थियो भन्ने कुरा राखे ।
सञ्चालन नहुँदै ढलेको कमला पुल सहितको स्थलगत निरीक्षण गर्न आफू आएको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले कमला पुलसहितका अलपत्र आयोजनाहरूको निरीक्षण गरी पुनः निर्माणका लागि प्राविधिक कामहरू गर्नकै लागि धनुषा आएको बताएका छन् । उपप्रधानमन्त्री श्रेष्ठ महोत्तरीसहितको जिल्लामा हुने कार्यक्रमहरूमा पनि सहभागी हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण