ठेकेदारका कारण ११ करोडको सव–स्टेशन अलपत्र
खोटाङ । खोटाङमा निर्माणधिन अवस्थामा रहेको ११ करोड लागतको सव–स्टेशन अलपत्र परेको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला सिमपानीस्थित विद्युत प्राधिकरणको सव–स्टेशन लामो समयदेखि अलपत्र अवस्थामा छाडिएको छ । निर्माणस्थलमा सव–स्टेशनको विद्युतीय उपकरणहरु असरल्ल छरिएका छन् भने कतिपय उपकरण पानीले भिज्दा बिग्रीने भए पनि खुला आकाशमा राखिएको छ ।
खुला चौर भरी थुपारिएका महङ्गा उपहकरणहरु काम नलाग्ने अवस्थामा पुगेको अनुमान छ । कतिपय संरचनाको पिलर मात्र ठड्याइएको छ भने क्वाटर र कन्ट्रोल बिल्डिङको निर्माणको काम पनि पूरा भएको छैन । विराटनगरमा रहेका ट्रान्सफर्मरहरु निर्माणस्थलमा नलगिएको बताइएको छ ।
भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इन्जियरिङ लिमिटेडले बुईपा–बाक्सिला प्रसारण लाइन, ट्रान्सफर्मर जडान गर्ने र सव–स्टेशन निर्माणको काम तीन वर्षमा सम्पन्न गर्ने गरी २०७३ साल भदौमा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले बुईपा–बाक्सिला ३३ केभि र ११ केभि प्रसारण लाइनको काम पूरा गरेपनि ट्रान्सफर्मर थप गर्ने र सव–स्टेशन निर्माणको काम अलपत्र पारेको छ ।
अलपत्र परेको सव–स्टेशन निर्माण पूरा भएर सञ्चालनमा आए जिल्लामा देखिइरहेको विद्युत सम्बन्धी केही समस्याहरु अन्त्य हुने प्राधिकरण खोटाङ शाखाका प्रमुख विजयराज रेग्मीले बताए । प्रमुख रेग्मीले भने, ‘‘अहिले बाक्सीला क्षेत्रमा विद्युतमा समस्या आएमा हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, रावा बेसी गाउँपालिका क्षेत्रलगायत जिल्लाका अन्य ठाउँमा पनि विद्युत जाने समस्या छ । एक ठाउँमा विद्युत बिग्रिदा जिल्लाका धेरै ठाउँमा विद्युत काट्नु पर्ने अवस्था छ । त्यसैले बाक्सीलामा सव–स्टेशन सञ्चालनमा आए यस्ता समस्याको समाधान हुने थियो ।’’
सव–स्टेशनको बाँकी काम पूरा गर्नका लागि स्थानीय सरकार पटक–पटक विद्युत प्राधिकरण पुगेको छ । तर, काम सुरु गर्ने प्रतिवद्धता पाएपनि व्यवहारमा लागू नभएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
-
भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार
-
त्रिविको पीएचडीसम्बन्धी नयाँ निर्देशिकाः यस्तो छ सुपरभाइजर हुन चाहिने शोधार्थीको योग्यता
-
सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या
-
घाँस काट्न रूख चढेकी बालिकाको खसेर मृत्यु
-
धनुषाबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण