शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिसोदियाको जमानत याचिकामा आज सुनुवाइ हुँदै

शनिबार, २० फागुन २०७९, ११ : २७
शनिबार, २० फागुन २०७९

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीका उपमुख्यमन्त्री पदबाट राजीनामा दिएका मनिष सिसोदियाले राउस एभिन्यू अदालतमा जमानतको निवेदन दिएका छन् । निवेदनको सुनुवाइ आज अर्थात शनिबार हुने भएको छ । सिसोदिया हाल सीबीआई हिरासतमा छन्। हालै सिसोदियालाई कथित रक्सी घोटालाको आरोपमा पक्राउ गरिएको थियो। सिसोदियाले आफ्नो निवेदनमा आफूले अनुसन्धानमा सहयोग गरिरहेको र सबै कुरा पहिले जफत भइसकेकाले हिरासतमा नराख्दा कुनै नोक्सान नहुने बताएका छन् ।

सिसोदियाको पाँच दिनको हिरासत शनिबार सकिँदैछ। यस्तो अवस्थामा सिसोदियाले राहत पाउने छन् कि थप कठिनाइ बढ्ने भन्ने निर्णय आज हुनेछ । यसअघि सिसोदियाका तर्फबाट सर्वोच्च अदालतमा निवेदन दायर गरिएको थियो । उक्त याचिकालाई भने सुनुवाइ गर्न अस्वीकार गर्दै, सर्वोच्च अदालतले सिसोदियालाई पहिले उच्च अदालत जान सुझाएको थियो । –बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप