शत्रुघ्न सिन्हा प्लास्टिक सर्जरी गराउन चाहन्थे : देव आनन्दले सम्झाएपछि निर्णय फेरे
दिग्गज अभिनेता शत्रुघ्न सिन्हा हालै अरबाज खानको च्याट शो द इनभिन्सिबल्स विद अरबाज खानमा पुगेका थिए । यति बेला शत्रुघ्नले करियरको सुरुवातमा उनी आफ्नो अनुहारका लागि निकै असुरक्षित महसुस गर्ने गरेको बताएका छन् ।
उनलाई आफ्नो अनुहारको प्लास्टिक सर्जरी गराउने अत्यधिक इच्छा थियो । तर त्यति बेला अभिनेता देव आनन्दले उनलाई यस्तो गर्नबाट रोकेको र अनुहारको निशानाले नै उनलाई सबैभन्दा भिन्न देखाएको भन्दै सम्झाए । देवले सम्झाएपछि शत्रुघ्नले प्लास्टिक सर्जरी गर्ने निर्णय फेरे ।
शत्रुघ्नले सेयर गरे बाल्यकालको किस्सा
कुराकानीका बेला शत्रुघ्न सिन्हाले भने, ‘बाल्यकालमा म मामाको नक्कल गर्दै दाह्री काट्ने कोसिस गर्दथेँ । त्यसै कारण मेरो अनुहारमा दाग बस्यो । मैले रेजरले सुरुमा मामाकी छोरीको गाला काटेँ र त्यसपछि आफ्नो गाला काटेँ । त्यति बेला मेरो परिवारका सदस्यले घरमा नै प्राथमिक उपचार दिए तर त्यसले खासै केही असर गरेन ।’
शत्रुघ्नले थपे, ‘मैले फिल्ममा काम गर्न सुरु गर्दा मैले मेरो अनुहारलाई मिलाउनुपर्छ भन्ने लाग्यो । मैले एक प्लास्टिक सर्जनसँग कुराकानी पनि गरेको थिएँ ।’
उनले थपे, ‘सङ्घर्षका दिनमा म देव आनन्दसँग धेरै भेटघाट गर्थेँ । उनले मलाई मेरा दागहरू नमेट्न भने । उनले भने, ‘मेरो दाँतको बीचमा पनि एउटा ग्याप छ र यो अब फेसन बनिसकेको छ । ’ अनुहारको दागले म असाध्यै लज्जित महसुस गर्थेँ । फिल्ममा काटिएको अनुहार लिएर आइरहेको छु, कसरी आफ्नो छुट्टै स्थान बनाउने होला जस्तो लाग्थ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण