शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिसोदियालाई मार्च २० सम्म न्यायिक हिरासतमा पठाइयो

सोमबार, २२ फागुन २०७९, २१ : १३
सोमबार, २२ फागुन २०७९

नयाँ दिल्ली । पूर्व उपमुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता मनीष सिसोदियालाई दिल्लीको एक्साइज नीति मुद्दामा रोउज एभिन्यू अदालतले मार्च २० सम्म न्यायिक हिरासतमा पठाएको छ। मनिष सिसोदियालाई सोमबार राउज एभिन्यू अदालतमा पेश गर्दा सीबीआईको तर्फबाट उपस्थित वकिलले अनुसन्धान एजेन्सीले हाल थप हिरासत माग नगरेको बताएका थिए ।

समाचार एजेन्सी एएनआईको रिपोर्ट अनुसार सीबीआईका वकिलले अदालतलाई अर्को १५ दिनमा पुनस् रिमान्ड माग गर्न सक्ने जिकिर भने गरेका थिए ।

सात दिनको म्याद सकिएपछि सीबीआईले उनलाई आज विशेष न्यायाधीश एमके नागपालको इजलासमा हाजिर गरेको थियो । गत हप्ता, सीबीआईले मनिष सिसोदियालाई दिल्लीको अन्तःशुल्क नीतिमा अनियमितताको आरोपमा पक्राउ गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप