हतियारधारी समूहद्वारा वडा अध्यक्षसहित आधा दर्जन लुुटिए
रौतहट । हतियारधारी समूहले मंगलबार राती रौतहटका एक जना वडा अध्यक्षसहित आधादर्जन मानिसलाई कुटपिट गरी नगद तथा सामान लुुटपाट गरेको छ ।
जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर–४ लालबकैया नदी किनार रहेको उखुुघारी छेउमा ६–७ जनाको संख्यामा रहेका हतियारधारीहरुले राती ८ बजे यादव सहितका स्थानीयलाई लुुटपाट गरेको हो ।
कटहरिया बजारबाट घरतर्फ मोटरसाईकलमा गइरहेका मौलापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष रामप्रवेश यादवको नगद,मोबाईल तथा सामान हतियारधारीहरुले लुुटपाट गरेको प्रहरीले जनाएको छ ।
नलकटुुआ पेस्तोल र धारिलो हतियार सहित उखुुघारीमा लुुकेर बसेका लुटेराहरुले आफूसँग भएको ४ हजार नगद र एकथान मोबाइल लुुट्नुका साथै कुटपिट समेत गरेको वडा अध्यक्ष रामप्रवेस यादवले बताए ।
त्यस्तै मौलापुर नगरपालिका वडा २ का भरोसी यादवको ८ हजार नगर तथा छोरीको बिहेको लागी ल्याएको कपडाहरु लुुटेको अध्यक्ष यादवले जानकारी दिए ।
सोही बाटो भएर गइरहेका स्थानिय ब्यापारी चुुनचुुन साह, गुुुलाब मिया राजाबाबुु जयसवाल लगायतका मानिसलाई लुटेराहरुले कुटपिट गरी लुुटपाट गरेको जिल्ला प्रहरी प्रमुख एसपी यज्ञ बिनोद पोखरेलले जानकारी दिए ।
घटनालगतै सन्तपुर दोस्तिया बाट गएका प्रहरी र मौलापुर नगरपालिका–१ मर्यादपुरका गाँउलेहरुले घटनास्थल वरपरबाट शंकास्पद ४ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका चारै जनालाई रातीनै जिल्ला प्रहरी कार्यालय गौर पठाईएको प्रहरीले जनाएको छ ।
यसबारे आवशयक अनुुसंधान भइरहेको एसपी पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
-
कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने !
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण