भारतमा आगलागी हुँदा ६ जनाको मृत्यु
शुक्रबार, ०३ चैत २०७९, १५ : ५४
नयाँ दिल्ली । दक्षिण भारतीय सहर हैदरावादमा बहु-तले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार सहरको सिकन्दराबाद क्षेत्रमा बिहीबार साँझ आगलागी भएको हो ।
"आगलागीमा दुई पुरुष र चार महिला गरी छ जनाको मृत्यु भएको छ," एक प्रहरी अधिकारीले भनेका छन्। त्यस्तै अन्य ६ जनाको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते ६ जना मध्ये चार जनाले आगोबाट बच्न कम्प्लेक्सबाट हाम फालेका थिए ।
आगलागी नियन्त्रणका लागि १२ वटा दमकल घटनास्थलमा पुगेको र शुक्रबार बिहानसम्म आगो निभाउने कार्य जारी रहेको बताइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत् प्रवाहमा समस्या उत्पन्न हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण