आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

'अब सरकारलाई पूर्णता दिन गृहकार्य हुन्छ'

सोमबार, ०६ चैत २०७९, १९ : ३१
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद प्रकाशशरण महतले अब सरकारलाई पूर्णता दिन गृहकार्य हुने बताएका छन् ।  

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद महतले सरकारले चाँडै पूर्णता पाउने बताएका हुन् । उनले सरकारलाई पूर्णता दिन सम्पूर्ण रुपले गृहकार्य हुने बताए ।  

नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले एमाले प्रतिपक्षमा बसेर भएपनि राष्ट्र र जनताको हितको मुद्दा उठाउने प्रतिक्रिया दिए । उनले जनताको हितमा पार्टीले भूमिका निर्वाह गर्ने र सरकारलाई सोही अनुरुप दबाब दिने बताए ।  

नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सरकारले छिटोभन्दा छिटो पूर्णता पाउने बताए । उनले प्रधानमन्त्रीले गर्नुभएको प्रतिवद्धताहरु द्रुत गतिमा कार्यान्वयन हुने बताए । त्यस्तै उपमहासचिव शर्माले शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरुको गठबन्धन भएकाले अहिलेको सत्तारुढ गठबन्धन प्राकृतिक गठबन्धन भएको बताए । गठबन्धन संसद्को पूर्ण कार्यकाल अगाडि बढ्ने उनको भनाई छ । 

जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले पनि आफ्नो पार्टी छिट्टै सरकारमा सहभागी हुने बताए ।  यद्यपि चैत ८ गते पार्टीको कार्यकारिणी समिति बैठकले निर्णय गर्ने उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप