शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अखिल भारत नेपाली एकता मञ्च लुधियानाको भेला सम्पन्न

मङ्गलबार, ०७ चैत २०७९, १४ : २२
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । अखिल भारत नेपाली एकता मञ्च नगर समिति लुधियानाको आयोजनामा नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कोल बहादुर गुरुङको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको सहभागिता रहेको थियो । यस्तै विशेष अतिथिमा प्रवास समन्वय समितिका सचिव टी.बी. पाठक र अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय समितिका सदस्यहरू कृष्ण प्रसाद भट्टराई, मोनिका बराल र विष्णु पोखरेल रहेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भारतस्थित  प्रवासी नेपाली जनसमुदायको समस्या र समधानको बारेमा पार्टी गम्भीर रहेको बताए । 

कार्यक्रममा कृष्ण भट्टराईले उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथि र सहभागी सबैलाई स्वागत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप