अखिल भारत नेपाली एकता मञ्च लुधियानाको भेला सम्पन्न
मङ्गलबार, ०७ चैत २०७९, १४ : २२
काठमाडौँ । अखिल भारत नेपाली एकता मञ्च नगर समिति लुधियानाको आयोजनामा नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कोल बहादुर गुरुङको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको सहभागिता रहेको थियो । यस्तै विशेष अतिथिमा प्रवास समन्वय समितिका सचिव टी.बी. पाठक र अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय समितिका सदस्यहरू कृष्ण प्रसाद भट्टराई, मोनिका बराल र विष्णु पोखरेल रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भारतस्थित प्रवासी नेपाली जनसमुदायको समस्या र समधानको बारेमा पार्टी गम्भीर रहेको बताए ।
कार्यक्रममा कृष्ण भट्टराईले उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथि र सहभागी सबैलाई स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण