शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वैशाख १५ मा ‘कैदीको पत्र’ प्रदर्शनमा आउने, यस्तो छ पहिलो गीत

बिहीबार, १६ चैत २०७९

काठमाडौँ । फिल्म ‘कैदीको पत्र’ को आगामी वैशाख १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको पहिलो गीत ‘मेरो दिलको तालमा’ सार्वजनिक गर्दै रिलिज मिति बाहिर ल्याएको हो ।

सार्वजनिक गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर, सनम कुमार बैरागको शब्द तथा सुरेश सेञ्चुरीले संगीत रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार कुनाल विश्व र ब्रिटिस अभिनेत्री म्याडिशन लाजारसको अभिनय छ । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतको अंग्रेजी लाइन निखिल गोतामेले लेखेका हुन् । 

प्रेम र रोमान्सको कथामा बनेको फिल्मले आफ्नो जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइ समेत विषयवस्तु बनाएको छ । 

फिल्मका निर्देशक सनम कुमार वैराग हुन् । सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको फिल्ममा कुनाल र म्याडिशनको अलवा सलिना थापामगर, पृथ्वीराज खत्री, सुबर्ण थापा, मनिष श्रेष्ठ लगायतका नेपाली तथा ब्रिटिस कलाकारहरुको अभिनय रहेको छ । दिल घले, नानी वैराग, कैलाश विश्वकर्मा र हिराल जोशी फिल्मका निर्माता हुन् । रामेश्वर कार्कीको छायांकन, अर्जुन जिसीको सम्पादन फिल्ममा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया