बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
कथा

कथा : प्रुफ रिडर

शनिबार, १८ चैत २०७९, ०७ : ५०
शनिबार, १८ चैत २०७९

इन्टरमिडियट पास गरेपछि उच्च शिक्षाका लागि राजधानी छिरेको रामप्रसाद शर्मा । उसले विद्यार्थीकालदेखि नै अतिरिक्त समयमा केही महिनासम्म हकरका रूपमा काम गरिसकेपछि अनुभवका आधारमा एक जना परिचितको सहयोग र सिफारिसमा पहिले ‘गोरखापत्र र पछि ‘दि राइजिङ नेपालको समेत प्रुफ रिडिङ गर्ने काम पाएको थियो । 

विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री हासिल गरेपछि पञ्चायतको अवसानपछि राजधानीका गल्ली गल्लीबाट निस्केका असङ्ख्य पत्रिकाहरूमध्ये एकमा पहिले सहायक सम्पादक र पछि सहसम्पादक हुन पुग्यो ऊ । त्यस्तो जागिरबाट धेरै दाम नपाए पनि जीवन निर्वाहका लागि कसैसित हात फैलाउनुपर्ने स्थिति नभएको हुनाले एक प्रकारले भन्दा खुसी नै थियो । 

घरबाट खर्च भर्नुपर्ने अवस्थाबाट मुक्त भएका उसका बाबुआमा पनि मक्ख थिए । तर त्यति बेला, खासमा पत्रकारिता व्यवसाय उसका लागि एउटा विश्रामस्थलजस्तो मात्रै थियो, अन्त नोकरी नपाएसम्म अल्झिने ठाउँँ ।

जनसरोकारसित सम्बद्ध काममा हात हालेको उसलाई पछि गएर आंशिक शिक्षकका रूपमा कलेज नाम दिइएको एउटा निजी उच्च माध्यमिक विद्यालयमा अध्यापन कार्यमा संलग्न हुने अवसर मिल्यो । पत्रकारिताले उठाएको उसको व्यक्तित्वको परिधि राजधानीमा विस्तारित भएको थियो । र, त्यसको पहुँच विश्वविद्यालयको केन्द्रीय प्रशासनमा समेत पर्न गएको थियो । 

समय समयमा अनेक अमिल्दा काम गरेर विवादमा तानिइरहने प्रशासकहरूले उसको मुखमा बुजो लगाउनका लागि मोफसलको एउटा सरकारी क्याम्पसमा अस्थायी उपप्राध्यापक पदमा नियुक्ति दिन तयार भएपछि उसले आफ्नैै गृहनगर जानका लागि जिद्धि ग¥यो । 

पत्रकारहरूलाई चिढाउन राम्रो हुँदैन भन्ने कुरा राम्ररी बुझेका विश्वविद्यालयका प्रशासकहरूले अन्त्यमा उसलाई उसले भनेअनुसार उसकै गृहनगरमा रहेको क्याम्पसमा नियुक्त गरेपछि उसले राजधानी छाडेको थियो ।

गृहनगरमा रहेको सरकारी क्याम्पसमा पूर्णकालीन शिक्षकका रूपमा काम गर्न पाउँदाको उसको खुसी वर्णन गरिसाध्य थिएन । घरमा परिवारसित बसेर आमाले दिएको भातसँगै खान पाइने जागिर मिलेको थियो उसलाई । 

राजधानीमा छँदा विश्वविद्यालयका कक्षाबाट निस्केपछिको पत्रिका सम्पादन, प्रुफ रिडिङ र आंशिक शिक्षकका रूपमा सामाखुसीदेखि बानेश्वरसम्मका प्लस टु कार्यक्रमका अनियन्त्रित कक्षाहरू चहार्दै हिँड्दाताकाका कष्टकर दिनहरू बारम्बार उसका स्मृतिमा आइरहन्थे । यता लागेपछि ऊ त्यस प्रकारको बोझबाट मुक्त भएको थियो । 

हुन त यता पनि पूर्णकालीन शिक्षकका रूपमा नियुक्ति लिएर अध्यापन कार्यमा जुटिरहेका स्थायी शिक्षकहरूसमेत सरकारी क्याम्पसमा ‘राजाको काम कहिले जाला घामको पारामा समय धकेलेका थिए । कोही आपैmँले खोलेका र कोही अरूका निजी कलेजहरूमा दौडधुप गर्ने एक प्रकारको प्रतिस्पर्धा नै चलेको थियो । तर रामप्रसादलाई त्यस प्रकारको काममा त्यति रुचि लागेन ।

तीन पिरियड पढाएपछि फुक्काफाल । कामको बोझ खासै थिएन । केही समय त्यसरी नै बिताए पनि उसलाई त्यस प्रकारको निष्क्रिय जीवन मनपरेन । राजधानीबाट निस्कने केही पत्रिकाहरूको ऊ नियमित पाठक थियो । स्थानीय रूपमा उपलब्ध हुनेसमेत केही पत्रिका थिए तर ती स्थानीय व्यापारीहरू र कृषि उद्योगसम्बन्धि विज्ञापनले भरिएका हुन्थे । उसले खोजेको जस्तो बौद्धिक खुराक ती कुनैमा थिएन । ती उसलाई खासै केहीजस्ता लागेनन् । 

जीवनको गोरेटोमा हिँड्ने समयमा नै उसले हात हालेको व्यवसायप्रति उसको एक प्रकारको आन्तरिक लगाव थियो । उसलाई एउटा राम्रो पत्रिका निकाल्न सके कति काइदा हुँदो हो भन्ने लाग्यो । त्यस विषयमा सोच विचार गर्दागर्दै यसै, भनौँ अनायासै ऊ जिल्ला प्रशासन कार्यालय पुग्यो । पञ्चायत कालका हान्ने गोरूजस्ता प्रशासकहरू पनि प्रजातन्त्र पुनःस्थापनापछि एक जातका सज्जन, साधुसन्तजस्ता, जनताका लागि समेत मित्रवत् र सहयोगी भएका थिए । उसको पत्रिका सजिलै दर्ता भयो ।

स्थानीय दुई जना व्यापारी र ऊ समेतको संयुक्त लगानीमा सञ्चालित पीपल्स हेराल्डले प्रकाशनको पहिलो वर्षमा नै निकै लोकप्रियता हासिल गर्न सफल भएको थियो । गाउँबस्तीका मुख्य केन्द्रहरूमा सिकारू पत्रकारहरू समाचार सम्प्रेषण गर्न नियुक्त गरिएका थिए । पत्रिकाले निकै छोटो समयमा सफलता पायो । 

त्यसपछिका दिनमा त्यसको दायरा निकै विस्तारित हुन पुगेको थियो । सुरुमा आफ्नैै घरलाई पत्रिकाको कार्यालय कायम गरेको रामप्रसादले पछि गएर बजारको मुख्य चोकमा रहेको एउटा पक्की घरमा दुइटा कोठा भाडामा लिएर काम गर्न थाल्यो ।

भ¥याङका खुट्किला उक्लेर माथि पुग्नेबित्तिकै देब्रेतिरको ससानो हल भन्न मिल्ने बाह्र बाई सोह्रको कोठालाई उसले सम्पादन कक्ष–कम मिटिङ हल कायम गरेको थियो र त्यसभन्दा भित्रपट्टिको अर्को, तुलनात्मक रूपमा केही सानो कोठालाई प्रधानसम्पादक कक्ष ।

पत्रिका प्रकाशनको सुरु तिरको समयमा समाचार सम्पादनदेखि प्रुफ रिडिङसम्म आपैmँले हेर्ने गरेको भए पनि पत्रिकाको दायरा विस्तार हुँदै गयो । त्यसपछि यसअघि एक जना कार्यालय सहायकको भरमा निर्वाह चलाउँदै आएको उसले अंशियार साथीहरूसित ग्राहक योजना पनि अघि बढाउने प्रस्ताव राख्यो । 

मूल रूपमा प्रुफ हेर्ने काममा सघाउनका लागि भए पनि बाँकी रहेको समयमा फिल्डमा खटाउने गरी एकजना कर्मचारी भर्ना गर्ने कुरा सर्वसम्मतिले पास भयो । त्यसै अनुरूप पत्रिकाको त्यस लगत्तैको अङ्कमा आवश्यक विवरण खुलाएर विज्ञापन प्रकाशित भयो । तोकिएको मितिभित्र एक दर्जन दरखास्त आए । प्राप्त हुन आएका निवेदनका आधारमा रामप्रसाद शर्माले उसको पत्रिका कति लोकप्रिय हुन पुगेको रहेछ भन्ने कुराको अलिकति लख काट््यो ।

प्रुफ रिडरका लागि पर्न आएका दरखास्तहरूको छानबिन गरिसकेपछि, प्रत्येक आइतबार निस्कने पिपल्स हेराल्डको प्रधान सम्पादक रामप्रसाद शर्माले कार्यालय सहायकलाई कार्यतालिका टाइप गर्न लगायो । 

आइए पास गरेर पनि बेइलमी भएको युवकले पत्रिकाको सामान्य सहयोगीको कामसमेत स्वीकारेर दिन कटाइरहेको थियो । एसएलसी परीक्षा दिएपछिको समयमा सिकेको कम्प्युटरको ज्ञानले त्यसलाई यतिबेला आएर जागिर खान सघाएको थियो । आधा घण्टा जतिपछि ऊ प्रिन्टेड म्याटर राखिएको एउटा फाइल च्यापेर भित्र पस्यो । त्यो उसले भर्खरै कम्प्युटर टाइप गरेर ल्याएको उम्मेदवारहरूको अन्तर्वार्ता तालिकासम्बन्धि सूचना थियो । 

त्यसलाई रामप्रसादले एक पटक राम्ररी जाँचेर पढ्यो र त्यसको अन्त्यमा दस्तखत ग¥यो । त्यसपछि कार्यालय सहायकले त्यस सूचीलाई मिटिङ हल कम–सम्पादकीय कक्षको बाहिरपट्टि भित्तामा रहेको सूचनापाटीमा टाँस्यो ।

केही बेरअघिसम्म त्यहाँ जुन प्रकारकोे उकुसमुस लाग्दो वातावरण थियो, अहिले त्यो छैन । यद्यपि देब्रेतिरको सानो ¥याकमा पेन्डिङ फाइलमा हेर्न बाँकी केही इमेल प्रिन्ट थिए, कभर न्यूजका म्याटरलगायत सम्पादकीय  लेख्नुपर्ने समसामयिक विषयका केही शीर्षकहरू लेखिएको फाइल थियो, उसको ध्यान त्यता पुग्न सकेको थिएन । 

निकै लामो समयसम्मको परिश्रमपूर्ण कामपछि थकित हुन पुगेको शरीर र मनलाई राहत दिनका लागि एउटा विशालकाय गंगामा डुबल्की लगाउन पुगेको कुनै एक जना पौरखी युवकझैँ तत्कालका लागि कामको बोझबाट मुक्त भएको हल्का हृदय लिएर रामप्रसाद गम्भीर मुद्रामा कुर्चीमा बसिरहेको थियो । 

केही बेरसम्म सोचमग्न विचारमा डुबेको भए पनि एक छिनका लागि रामप्रसादले झ्यालबाट बाहिरतिर हे¥यो । बेलुकीपखको घाम पश्चिमको आकाशबाट बिस्तारै तलतिर झर्दै थियो र क्रमशः ओइलाउन थालेका त्यसका शिथिल किरणहरूले क्षितिज रेखा वरपरको आकाशमा छरिएका पातला बादलका टुक्राहरूमाथि सुनौलो रङ छरिरहेका थिए । 

सुस्त सुस्त चलेको साँझपखको सिर्सिरे हावामा वरपरका बोट बिरुवाका पातहरू फिरफिर गर्दै हल्लिइरहेका थिए । रामप्रसादले लामो सास फे¥यो र टेबुलमाथिका कागजपत्र फाइलमा राख्यो अनि त्यसलाई टेबुलको घर्रामा घुसारेर साँचो लगायो । त्यसपछि बाहिर निस्कियो र बाइक चढेर घरतिर लाग्यो ।

घरको मूल गेटमा पुगेपछि रामप्रसादले हर्न बजायो । सुरज र कल्पना खुट्टाले रबरव्यान्ड उछाल्दै आँगनमा खेलिरहेका थिए । कल्पनाले ढोका खोली र उसले बाइक भित्र हुल्यो ।

‘बाबा, म पनि बाइक चढ्छु ।’ पछाडि तिरबाट बाइक समात्दै कल्पनाले भनी ।

‘म पनि चढ्छु बाबा ।’ बाइक पछिपछि दौडँदै सुरज करायो । रामप्रसादले दुवै जना छोराछोरीलाई बाइकपछाडि राख्यो र आँगनमा दुई फन्को लगायो । त्यसपछि उसले बाइक ग्यारेजमा थन्क्यायो । सुरज र कल्पना फेरि खेल्नतिर लागे । रामप्रसाद भित्र पस्यो । उसको बाबु पुण्यप्रकाश र आमा सरस्वती दुवै बैठक कोठामा टीभी हेरिरहेका थिए । विना भान्छामा थिई ।

बेलुकीको खानपिनपछि सबै बैठकमा जम्मा भए । पुण्यप्रकाश र सरस्वती आस्था च्यानल हेरिरहेका थिए, सुरजले रिमोट टिप्यो र कार्टुन लगायो । आठ बज्नै थालेको थियो । रामप्रसादले सुरजका हातबाट रिमोट खोस्यो र समाचारका लागि च्यानल खोज्न थाल्यो ।

नौ बजेपछि अरू सबै क्रमशः ओछ्यानतिर लागे, रामप्रसाद चाहिँ एकपछि अर्को गर्दै च्यानल फेर्दै केही समय टीभीमा नै झुन्डिएर बसिरह्यो ।

रामप्रसादले भित्ते घडीतिर आँखा लगायो, सवा दस बजिसकेको रहेछ । उसले टीभी बन्द ग¥यो । ठीक त्यति नै बेला त्यहाँ व्याप्त शान्त वातावरणलाई चिर्दै चर्को स्वरमा टेलिफोनको घण्टी बज्यो ।

यति अबेला राति कसले किन खोजेको होला भन्ने प्रकारका संशय मनमा खेलाउँदै उसले रिसिभर उठायो र शान्त स्वरमा सुस्त ‘हेलो’ भन्यो ।

‘सम्पादकज्यू, आराम हुनुहुन्छ ?’ उताबाट एउटा अपरिचित स्वर आयो ।

‘को बोल्नुभएको तपार्इं ?’ रामप्रसादले कुनै औपचारिकता बिना सोध्यो ।

‘मेरो परिचय बिस्तारै पाउनु होला । प्रुफ रिडर खोज्नुभएको र’च, हाम्रो एकजना मान्छे पठाउँदै छौँ, राख्नुहोला ।’ आदेशात्मक स्वरमा उसले भन्यो ।

‘तपाईं जो भए पनि आयन्दा मसित यस प्रकारको वाहियात कुरा नगर्नु   होला,’ रामप्रसादले संवादलाई टुङ्ग्याउने हिसाबमा भन्यो ।

‘मैले तपार्इंको भाषण सुन्न फोन गरेको होइन मिस्टर । यो हाम्रो पार्टीको निर्णय हो । भोलि बिहान एकजना मान्छे तपाईंलाई भेट्न आउँछ । बस्, अहिलेलाई मेरो भन्नु यत्ति हो ।’ थर्काएको स्वरमा उसले भन्यो । रामप्रसादको मन एक्कासि ढक्क फुलेर आयो र त्यसको शरीरभरि काँडा उम्रिए ।

‘तपाईं को बोल्नु भएको ?’ निकै संयमित स्वरमा उसले सोध्यो । उताबाट कुनै जवाफ आएन । त्यत्तिकैमा फोन काटियो ।

रामप्रसादको मनमा हुन्डरी मच्चिन थाल्यो । रातबिरात फोन गरेर थर्काउने त्यो को थियो होला भन्ने प्रकारका तर्कना त्यसका मनमा चल्न थाले । उसले ‘डाउन की’ थिचेर टेलिफोनको स्क्रिनमा हे¥यो । त्यो विल्कुलै अपरिचित नम्बर थियो । के गरूँ र कसो गरूँको छटपटीमा परेको उसलाई निकै बेरसम्म बेचैनीले थिचिरह्यो । होला कोही उरन्ठेउलो मान्छे । यस्तै सोचेर चित्त बुझाउन खोज्यो उसले । 

त्यसपछि भित्र गयो । देख्यो, ठूलो खाटमा कल्पनालाई लिएर विना सुतिरहेकी थिई, अर्कोमा सुरज मस्त निदाइरहेको थियो । रामप्रसादले बत्ती निभायो र सुरजलाई अलिकति कुनातिर धकेलेर ऊसँगै पल्टियो । तर त्यसका आँखाबाट निद्रा गायब भइसकेको थियो । घरि दाहिने र घरि देब्रे कोल्टो फर्कंदै उसले समय गुजा¥यो । रात निकै घर्केपछि मात्र ऊ झकायो ।

भोलिपल्ट बिहान उठ्दा जिउ असाध्यै भारी भएको महसुस भयो उसलाई । उज्यालो धरतीमा राम्ररी खसिसकेको थिएन । झिसमिसे बिहानीकै समय थियो त्यो । बिना बाहिर धारातिर लागेको समयमा ढोकामा एकजना आगन्तुक देखा प¥यो ।

‘नमस्ते सर ।’ जम्लाहात जोडेर बडो विनम्रतासाथ उसले रामप्रसादलाई अभिवादन ग¥यो ।

‘कसलाई खोज्नुभो ?’ अभिवादनको प्रत्युत्तरसँगै उसले प्रश्न ग¥यो ।

‘म सरलाई नै भेट्न आएको हुँ ।’ यसो भन्दै ऊ बिना प्रतीक्षा भित्र पस्यो ।

‘तपाईं को ?’ रामप्रसादले अमिलो अनुहार बनाएर सोध्यो ।

‘बिस्तारै बोल्ने । तपाईंको कोठामा हिँड्नोस् ।’ अलिकति थर्काएको स्वरमा उसले भन्यो । रामप्रसादले चिनिहाल्यो, यो उही हिजो रातिको व्यक्तिको स्वर थियो ।

त्यस्तै चौबीस पच्चीसको जस्तो देखिने पातलो ख्याउटे अनुहार भएको त्यो पुरुष झन्डै छ फिट अग्लो थियो र त्यसले दुवै पाखुरामा छिराएर पछाडिपट्टि दोकाँधे झोला भिरेको थियो । रामप्रसादको दिमागमा बेलुकाको फोनवार्ता आएर चक्कराउन थाल्यो । त्यसै अलमलमा परेको ऊ किंकर्तव्यविमूढ भयो । अनायासै उसका पाइला अगाडि बढे । ऊ भित्र पसेर खाटको डिलमा बस्यो । सुरज र कल्पना अझै मस्त निद्रामा थिए ।

नवागन्तुक रामप्रसादसँगै ढुक्कसाथ खाटमा बस्यो र कठोर लवजमा भन्यो, ‘हिजो बेलुकी तपाईंले हाम्रो पार्टीको तर्फबाट फोन पाउनु भयो । मसित धेरै समय छैन । दिउँसो हाम्रो मान्छे अन्तर्वार्तामा आउँछ । उसलाई तपाईंले राख्नुहोला ।’

त्यसका कुरा सुनेर रामप्रसादलाई जङ चल्यो । ‘तपाईं को ?’ अलिकति कडा स्वरमा रामप्रसादले सोध्यो ।

‘म जोसुकै भए पनि त्यो तपाईंको मतलबको कुरा होइन । मलाई पार्टीले खटाएर आएको हुँ । आजकल जताततै के भइरहेको छ, तपाईंलाई थाहा त छ नि ? मेरो भन्नु यत्ति हो ।’ उसले थर्काएको स्वरमा भन्यो । त्यसको स्वर र गए राति फोन गर्ने मानिसको स्वर ठ्याक्कै एउटै थियो ।

‘हिजो राति फोन गर्ने तपाईं नै हो ?’ रामप्रसादले सोध्यो ।

‘त्यो हाम्रो पार्टीको फोन हो । को, किन, कसको भनेर सोध्ने काम तपाईंको होइन ।’ उसले हैकम जमाउने शैलीमा भन्यो ।

‘तपाईं जे भन्दै हुनुहुन्छ त्यो मबाट हुँदैन । म त्यस्तो काम गर्न सक्दिनँ ।’ रामप्रसादले स्वरलाई दृढ बनाएर भन्यो ।

त्यसको कुराले नवागन्तुकको अनुहार चुक अमिलोजस्तो भयो । त्यो जुरुक्क उठ्यो र चेतावनीको स्वरमा भन्यो, ‘पछि पछुताउनु पर्ला । जे पनि हुन सक्छ भन्ने कुरा बुझेको छ कि छैन ?’ त्यसले एकदम अशिष्ट किसिमले भन्यो र क्रुद्ध मुद्रामा बाहिरतिर लाग्यो । विना भित्र पस्दा ऊ घर अगाडिको सडकमा पुगिसकेको थियो ।

‘को हो ? किन आएको रहेछ यति बिहानै ?’ उसले सुस्तरी सोधी ।

रामप्रसादको मुड अफ थियो । उसले घृणापूर्वक भन्यो, ‘गुन्डा !’

+ + +

अन्तर्वार्ता बोर्डमा तीन जना थिए, प्रधान सम्पादक रामप्रसाद शर्मा, सेयर होल्डर श्याम थापा र विषय विज्ञका रूपमा आमन्त्रित लोक–सन्देशको प्रतिनिधि अर्जुन ।

अन्तर्वार्ताका समयमा एक र दुई नम्बरका दरखास्तवाला पहिला दुई जना अनुपस्थित भए । तेस्रो र चौथो नम्बरका प्रतियोगीहरूपछि पाँचौँ नम्बरको उमेदवारका रूपमा जुन मान्छे भित्र पस्यो, त्यसलाई देखेर रामप्रसादको मन जुरुङ्ङ फुल्यो । त्यसका शरीरभरि काँडा उम्रिए । बिहानै बिनाअनुमति उसको घरमा पसेर उसलाई थर्काउने उही व्यक्ति थियो ।

त्यसले पालैपालो सबैलाई नमस्कार ग¥यो र प्रतियोगीहरूका लागि छुट्ट्याइएको कुर्चीमा बस्यो । श्याम थापाले उसलाई नामावलीको लिस्ट भएको फाइलतिर देखाउँदै हाजिर गर्न लगायो । त्यसले टाइप गरिएको नामावलीको लिस्टमा आँखा घुमायो र पाचौँ नम्बरमा लेखिएको त्यसको नामको दस्तखत कोष्ठमा बुझिने अक्षरमा लेख्यो, ‘छट्टुराम नेपाली’ ।

औपचारिकताका लागि सोधिने प्रकारका एकाध प्रश्न सोधेपछि अर्जुनले उसको अगाडि टाइप गरिएको एफोर साइजको एक पाना कागज र रातो बलपेन राखिदियो र त्यसको प्रुफ हेर्न भन्यो । त्यसको अनुहारको रङ एक्कासि बदलिएर कालो भयो । त्यो निःशब्द त्रूmर मुद्रामा त्यत्तिकै बसिरह्यो ।

‘मैले भनेको सुन्नु भएन भाइले ? यो एक प्याराग्राफ प्रुफ हर्नोस् । यो तपाईंको प्राक्टिकल परीक्षा हो ।’ अर्जुनले दोहो¥याएर भन्यो ।

‘मलाई आउँदैन ।’ त्यसले अमिलो अनुहार बनाएर सुस्तरी भन्यो ।

‘जे काम गर्नुपर्ने हो, त्यही नआउने भए किन दिएको दरखास्त ?’ श्याम थापा झोक्कियो ।

‘म पछि सिकिहाल्छु नि, बिस्तारै ।’ त्यसले अलिकति अटेरी स्वरमा उत्तर दियो ।

‘अब तपाईं जान सक्नुहुन्छ । तपाईंको काम सकियो ।’ अर्जुनले तिरस्कारपूर्ण नजरले ऊतिर हेर्दै भन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरिहर खनाल
हरिहर खनाल
लेखकबाट थप