शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली जनप्रगतीशील मञ्च क्यानडाको अध्यक्षमा तामाङ

आइतबार, १९ चैत २०७९, २१ : ०८
आइतबार, १९ चैत २०७९

क्यानडा । नेपाली जनप्रगतीशील मञ्च क्यानडाको अध्यक्षमा बुद्धिलाल तामाङ चयन भएका छन् । 

माओवादी केन्द्रको प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्त र अध्यक्ष ओम शर्मालगायतको उपस्थितिमा जनप्रगतीशील मञ्च क्यानडा पुनर्गठन गरिएको हो । 

नयाँ नेतृत्वमा आएका तामाङ जनयुद्धकालका जिल्ला जनसरकार प्रमुख थिए । उनी नेतृत्वमा १५ सदस्यीय कार्यसमिति रहेका छन् भने ५ सदस्यीय सल्लाहकार समिति पनि बनाइएको छ । जसमा चन्द्र राई र अशोक खड्कालगायत रहेका छन् । 

भर्चुअल माध्यमबाट भएको कार्यक्रममा प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्तले वर्तमान समसामयिक राजनीतिक स्थितिको बारेमा बोलेका थिए । यस्तै उनले नवनिर्वाचित कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । 

यस्तै अध्यक्ष शर्माले प्रवासमा रहेरसमेत पार्टीको पक्षमा माहोल सिर्जना गर्न आग्रह गरे । सरकारले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्दै पार्टीको पक्षमा प्रवासबाटै माहोल बनाउनतर्फ लाग्नुपर्नेमा उनको जोड थियो ।

बामपन्थी बुद्धिजिवी चन्द्र राईको सभापतित्वमा भएको कार्यक्रममा अमेरिकी क्षेत्रका केशव नेपाल, प्रवास समन्वय समितिका अशोक खड्कालगायतको पनि सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप