आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालका उद्यमी व्यवसायी बिचौलिया बनेर बाँच्ने बाध्यात्मक अवस्थामा पुग्दैछन् : डा. भट्टराई

बिहीबार, २३ चैत २०७९, ०९ : ३०
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले  उद्यमी व्यवसायी उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेर क्रमशः अरूको बिचौलिया बनेर बाँच्ने बाध्यात्मक अवस्थामा पुग्न लागेको बताएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले नेपाल उद्योग वाणिज्य महासंघको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा  नेपालका उद्यमी व्यवसायीहरूलाई सुझाव दिँदै  देशको अर्थतन्त्र/राजनीति/राज्य बिचौलियाहरूको कब्जामा गइरहेकोमा चिन्ता व्यक्त गरेका हुन् ।

नेपालका उद्यमी व्यवसायीहरूको छाता संगठनको राष्ट्रिय सम्मेलनको संघारमा टाउकाको ओखती नाइटामा भने झैँ अर्थतन्त्रका तत्कालीन र सतही कुरामा भन्दा रणनीतिक र संरचनात्मक रूपान्तरणका मुद्दामा विमर्श केन्द्रित गर्न सुझाएका छन् । चार बुँदामा अर्थतन्त्रको अवस्थाबारे उल्लेख गर्दै भट्टराईले लेखेका छन्, ‘

१.हाम्रो औसत प्रतिव्यक्ति GDP विश्वको भन्दा दश गुना कम छ!  यसलाई विश्वको हाराहारीमा पुर्‍याउन केही दशक निरन्तर दुई अंकको वृद्धिदर चाहिन्छ तर हाम्रो ४० वर्षको औसत वृद्धिदर४%वरपर मात्र छ!जबकि हाम्रा छिमेकी र अरू एसियाली देशले यो बीचमा ठुलो फड्को हानिसके !

२.सुगौली-सन्धी यता हाम्रो वैदेशिक व्यापार घाटा निरन्तर बढ्दै गएर पन्ध्र गुना नाघेको छ।

३.हाम्रा उद्यमी व्यवसायी उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेर क्रमशः अरूको बिचौलिया बनेर बाँच्ने बाध्यात्मक अवस्थामा पुग्दैछन्।देशको अर्थतन्त्र/राजनीति/राज्य बिचौलियाहरूको कब्जामा गइरहेछ ! हाम्रा छोराछोरी देशमा सपना देख्न छाडेर किशोर अवस्थामै विदेश पलायन भइरहेछन् !यो कहिलेसम्म?

४. खुला सिमानाबाट झन्डै आधा अर्थतन्त्र चुहिँदै आएको छ!सस्तो श्रम निर्यात र महँगो निर्मित वस्तु आयातको असमान सम्बन्धले राष्ट्रिय अर्थतन्त्र पूरै पराश्रित बनेको छ।बाच्छाले साँढेसँग जुध्न नसके झैँ हिजो औद्योगिक वस्तुमा परनिर्भर भएका हामी अब कृषिजन्य वस्तुमा पनि परनिर्भर बन्दैछौँ !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप