मायाको कमा
कहिलेकाहीँ गलत मान्छेले पनि
सही मानव भेटाइदिँदा रैछन्
दुनियाँबाट आजित भएकी उनी,
मतलबीहरूको साँघुरो झुन्डबाट
फरक हुन खोजेको म
एकदिन भेट हुनेछ,
उनीसँग ।
रङ्गिन पछाडिको कालो पर्दाभित्र
सँगसँगै सुरु हुन्छ ।
भेटघाटको सिलसिला
र, प्रेमको नयाँ अध्याय
कुरा काट्नेहरूको पात्र बन्दाबन्दै
हामी आफै एकअर्काको
सहारा बनेको पतै भएन
कहिले रङ्गिन उनीभित्र
म लुटपुटिन खोजे
कहिले अँध्यारो रहेको मलाई खोज्न
उनले दियो बालिन्
उनले बालेको दियोले
परिबन्दमा रहको मेरो अवस्थालाई
उनले देखिन् कि देखिनन् होला ?
तिम्रो जीवनका हरेक रङ्गहरूको
म वाकिफ थिएँ र छु
म त केवल सेतो रङ्गको उज्यालोले
छोपेको कालो रङ्ग न थिएँ
जसको पत्र–पत्र केलाउँदा पनि
कालै निस्कन्छ,
विगत, वर्तमानदेखि भविष्यसम्म
इन्द्रेणीमा कालो रङ्गको मिश्रण
कसरी हुन सक्थ्यो ?
न त तिम्रो जीवनमा
रङ्ग भर्न सक्छु
न हतारमा आफ्नो जीवन
रङ्गिन नै बनाउन सक्छु
आफ्नो हालतलाई बन्धक राखेर
नचाहँदा नचाहँदै पनि
तिमीसँग छुट्ने कागजमा
सही छाप हान्न पुगेँ
छोटो समयको अविस्मरणीय कहानी
जीवनको रङ्गमञ्चमा
तिमीसँग रचिएको थियो
त्यो कहानी पूरा नहुनुको
पश्चात्ताप मलाई भइरहने छ सधैँ
उत्सुकताले जन्माएको सम्बन्ध
बाध्यताले छुट्नुपर्ने अवस्थामा पुगियो
हरेक सम्बन्धहरू
असमझदारी र प्रेमी जोडीको
बदलिँदो रूपले टुङ्गिन्छन्
तर हाम्रो सम्बन्ध
तिम्रा खुसीहरू मबाट
गुम्ने डर भएपछि
तिमीजस्तो विश्वासिलो पात्रको
अविश्वास बन्न पुगे
तिमीले बुझ्ने छौ एकदिन
मलाई र मेरो बाध्यतालाई
मेरो तर्फबाट
यो जीवनको पूर्णविराम नलागेसम्म
हाम्रो मायामा सधैँ ‘कमा’ लागि रहनेछ ।
– कालिकोट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण