मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी परिसरमा युवराज सफललाई दुर्व्यवहार

आइतबार, ०३ वैशाख २०८०, १७ : १६
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको परिसरमा सिन्धुलीका युवराज पौडेल ‘सफल’लाई एउटा समूहले दुर्व्यवहार गरेको छ । रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरूले उनलाई दुर्व्यवहार गरेका हुन् ।

युवराजले लामिछानेको नागरिकता विवादमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए । आइतबार सफलले आफूलाई गाली गरेको भन्दै एक युवती प्रहरीकहाँ गएकी थिइन् । उनको आरोप थियो– ‘अन्तर्वार्ता लिन बोलाउँदा सफलले मलाई गाली गरे ।’ युट्युब च्यानल सञ्चालन गर्ने ती युवतीलाई प्रहरीले गाली बेइज्जती मुद्दा प्रहरीमा दर्ता नहुने भन्दै अदालत जान आग्रह गरेको थियो ।

त्यहिबेला सफल पठाओ चढेर टेकु परिसरमा पुगे । प्रहरी कार्यालयमा पुग्नासाथ रविका समर्थकले उनलाई दुर्व्यवहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

‘सफल एसएसपी दानबहादुर सरलाई भेट्छु भन्दै थिए’ जिल्ला प्रहरी परिसरका एक जना अधिकृतले भने–‘त्यसबेला सबैले घेरेर उनलाई दुर्व्यवहार गरेका हुन् ।’ प्रहरी अधिकृतहरूले आक्रमण प्रयास भएपछि सफललाई त्यहाँबाट पठाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप