बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षा आयोगविरुद्ध अनेरास्ववियु आन्दोलित

आइतबार, १० वैशाख २०८०, १८ : ०१
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगविरुद्ध आन्दोलन थालेको छ । आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तह खुलातर्फको भर्ना मनोमानी ढंगबाट गरेको भन्दै अनेरास्ववियु आन्दोलनमा उत्रिएको हो ।

भर्ना प्रक्रिया सच्याएर योग्यता क्रमको आधारमा भर्ना गर्न माग गरेको हो । अनेरास्ववियुले आयोग कार्यालय अघि प्रर्दशन गर्नुका साथै गेटमा तालाबन्दी समेत गरेको छ । 

अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले आयोगले प्राथमिक सूचीबाट भर्ना नगरी मनोमानी ढंगबाट भर्ना गरेपछि विरोध गरिएको बताए । निर्णय नसच्चिएसम्म आन्दोलनका कार्यक्रमहरू जारी रहने उनको भनाई छ ।

आयोगले २६ चैत मा पहिलो चरणको भर्ना पश्चात् रिक्त रहेका पदमा दोस्रो चरणको भर्ना प्रक्रिया अगाडि बढाएको थियो । पुनः म्याचिङको भर्नासूची मेरिटोक्रेसी मिचेर निकालिएको भन्दै विद्यार्थीहरू आन्दोलन गर्दै आएका छन् ।

उनीहरूले आयोगले निकालेको म्याचिङको भर्नासूची अनुसार एक नम्बरमा नाम निकालेको विद्यार्थी उक्त सिटमा भर्ना नभए स्वतः दुई नम्बरमा नाम रहेको विद्यार्थीले सिट पाउनुपर्ने उनीहरूको माग छ । आयोगले दोस्रो नम्बरमा रहेको विद्यार्थी भन्दा पनि पछिको विद्यार्थी भर्नाका लागि नाम निकालेको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप