आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बारा २ मा उपेन्द्र  यादवको अग्रता कायमै

सोमबार, ११ वैशाख २०८०, १५ : १५
सोमबार, ११ वैशाख २०८०

बारा । बारा क्षेत्र नं. २ को मतगणना जारी रहेको छ । जारी मतगणनामा दुई मतदान केन्द्रको मतपरिणाम सार्वजनिक भएको छ ।  

२ हजार ५१७ जना मतदाता रहेकोमा १ हजार ७१७ मत खसेको थियो । जसमा जसपाका उम्मेदवार उपेन्द्र  यादवले  ५१३ मतका साथ अग्रता कायमै राखेका छन् ।  

उनलाई जनमत पार्टीका उम्मेदवार  शिवचन्द्र कुश्वाहाले पछ्याइरहेका छन्  ।  उनले ४८५ मतका प्राप्त गर्दा एमालेका उम्मेदवार पुरुषोत्तम  पौडेलले ४२०  मत पाएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश  खरेलले २०७ मत प्राप्त गरेका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप