लुम्बिनीका मुख्यमन्त्रीको शपथग्रहण आज, मन्त्रीहरूको अझै छैन टुङ्गो
शुक्रबार, १५ वैशाख २०८०, ०८ : २६
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । प्रदेश प्रमुखको कार्यालय, बुटवलमा अपराह्न १ बजे पद तथा गोपनीयताका शपथ हुनेछ ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तर, मुख्यमन्त्री चौधरीसँग मन्त्रीहरूले शपथ लिन्छन् कि लिन्नन् भन्ने अझै टुङ्गो भने लागेको छैन।
यद्दपि मुख्यमन्त्री चौधरीले मन्त्रीहरूका आकाक्षी आफ्नै पार्टी नेपाली कांग्रेसका सांसद तथा सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरूसँग भने छलफल गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण