अमृतपाल सिंहले जेलबाट वकिलमार्फत पत्र पठाए
खालिस्तान समर्थक र ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख अमृतपाल सिंहले वकिलमार्फत पत्र पठाएका छन् । उक्त पत्रमा अमृतपालले आफ्ना लागि छुट्टै वकिल नियुक्त नगर्न आफ्ना आमाबुवा र संस्थालाई निर्देशन दिएका छन् ।
उनले वकिलको एउटै समूहले उनका सबै साथीको मुद्दा अघि बढाउने जानकारीसमेत दिएका छन् । बिहीबार अमृतपाल सिंहलाई उनका आमाबुवाले असमको डिब्रुगढ जेलमा भेटघाट गरेका थिए । उक्त भेटघाटको आयोजना शिरोमणि कमेटीका वकिलका प्यानलले गरेका थिए । यही मौकामा मिडियासँग कुराकानीका बेला अमृतपालका साथी दलजीत कलसीका वकिल सिमरनजति सिंहले हातले लेखेको पत्र देखाउँदै उक्त पत्र अमृतपाल सिंहले उनलाई दिएको दाबी गरेका थिए ।
शिरोमणि समितिको कानुनी प्यानल बुधवार डिब्रुगढ जेलमा बन्द अमृतपाल सिंहलाई परिवारसँग भेट गराएका हुन् । छोरालाई भेटेपछि उनको परिवारले भन्यो, ‘भेट्न पाउँदा हामी खुसी छौँ । जेलमा व्यवस्था राम्रो छ ।’
अमृतपाल सिंहलाई अघिल्लो आइतबार मोगाको रोडे गाउँबाट पक्राउ गरिएको थियो । जबकि उनका ९ जना अन्य साथीलाई १८ मार्चमा चलाइएको पुलिस अपरेसनपछि पक्राउ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैदीबन्दीको श्रमबाट आम्दानी, बाहिरबाट अभिषेक गिरीको असुली !
-
सम्झौता भएको दुई महिनासम्म टेन्डर प्रक्रिया नै भएन सुरु
-
राष्ट्रिय सुरक्षाको चिन्ताबिच अमेरिकी साइबर निकायहरूलाई एआई मोडेल ‘मिथोस–५’ प्रयोगको अनुमति
-
पाँच वर्षमा सरकारी सहुलियत लिने क्यान्सरका बिरामी २८ हजार नाघे
-
झापामा चैते धानको खेती र उत्पादन खस्कियो
-
सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण