शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अमृतपाल सिंहले जेलबाट वकिलमार्फत पत्र पठाए

शुक्रबार, १५ वैशाख २०८०, ०९ : ३९
शुक्रबार, १५ वैशाख २०८०

खालिस्तान समर्थक र ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख अमृतपाल सिंहले वकिलमार्फत पत्र पठाएका छन् । उक्त पत्रमा अमृतपालले आफ्ना लागि छुट्टै वकिल नियुक्त नगर्न आफ्ना आमाबुवा र संस्थालाई निर्देशन दिएका छन् । 

उनले वकिलको एउटै समूहले उनका सबै साथीको मुद्दा अघि बढाउने जानकारीसमेत दिएका छन् ।  बिहीबार अमृतपाल सिंहलाई उनका आमाबुवाले असमको डिब्रुगढ जेलमा भेटघाट गरेका थिए । उक्त भेटघाटको आयोजना शिरोमणि कमेटीका वकिलका प्यानलले गरेका थिए । यही मौकामा मिडियासँग कुराकानीका बेला अमृतपालका साथी दलजीत कलसीका वकिल सिमरनजति सिंहले हातले लेखेको पत्र देखाउँदै उक्त पत्र अमृतपाल सिंहले उनलाई दिएको दाबी गरेका थिए । 

शिरोमणि समितिको कानुनी प्यानल बुधवार डिब्रुगढ जेलमा बन्द अमृतपाल सिंहलाई परिवारसँग भेट गराएका हुन् । छोरालाई भेटेपछि उनको परिवारले भन्यो, ‘भेट्न पाउँदा हामी खुसी छौँ । जेलमा व्यवस्था राम्रो छ ।’

अमृतपाल सिंहलाई अघिल्लो आइतबार मोगाको रोडे गाउँबाट पक्राउ गरिएको थियो । जबकि उनका ९ जना अन्य साथीलाई १८ मार्चमा चलाइएको पुलिस अपरेसनपछि पक्राउ गरिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप