आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन जेठमा

आइतबार, १७ वैशाख २०८०, १९ : ३६
आइतबार, १७ वैशाख २०८०

काठमाडौँ । प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको पाँचौँ महाधिवेशन आगामी जेठ १९ र २० गते काठमाडौँमा हुने भएको छ । संघले महाधिवेशन प्रतिनिधि सूची निर्वाचन समितिलाई हस्तान्तरण गरिएको छ । 

गत जेठमा तय भएको महाधिवेशन विवादका कारण स्थगन भएको थियो । सो विवाद समाधान गर्न सदस्यताबारे छानबिन गर्न समिति गठन गरिएको थियो । सो समितिले केन्द्रीय समितिलाई दिएको प्रतिवेदनका आधारमा महाधिवेशन प्रतिनिधि सूची निर्वाचन समितिलाई बुझाइएको हो ।

अब हुने महाधिवेशनका लागि केन्द्रीय समिति र समितिले मनोनयन गर्ने १० राष्ट्रिय प्रतिनिधि बाहेक नै १ हजार ३७६ प्रतिनिधि चयन भएका छन् । सो सूची संघका अध्यक्ष जगत तिमिल्सिनाले निर्वाचन समितिका संयोजक लालमणि पाण्डे सहमतिमा नेतृत्व चयन गर्ने वातावरण बनाउन आफू तयार रहेको जनाउँदै त्यसमा सहजीकरण गर्न संघका प्रतिनिधिहरूलाई अनुरोध गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप