रुसबाट तेल किनेर युरोपलाई बेच्दै भारत
भारतले रुसबाट सस्तोमा किनेको पेट्रोलियम पदार्थ युरोपतर्फ निर्यात बढाउन थालेको छ । रुसले छिमेकी युक्रेनमाथि हमला सुरु गरेपछि युरोपियन मुलुकले रुसमाथि प्रतिबन्ध लगाउँदै तेल किन्न छाडेका थिए । यही मौका छोप्दै भारतले रुसबाट सस्तोमा तेल किनेर युरोपमा बेचिरहेको हो ।
रुसमाथि युरोपियन मुलुकले प्रतिबन्ध लगाएपछि पेट्रोलियम निर्यात प्रभावित बनेको थियो । जस कारण, तेल निर्यात तथ्याङ्क ह्वात्तै घटेपछि रुसले सस्तो मूल्यमा भारत र चीनको बजारलाई केन्द्रित बनायो । फलस्वरुपः भारतले यतिबेला सस्तो मूल्यमा कच्चा पेट्रोलियम पदार्थ किनेर प्रशोधन गर्दै युरोप पठाइरहेको हो ।
अमेरिकी समाचार संस्था ब्लूमवर्गले भारतका निजी कम्पनीले रुसबाट कच्चा तेल किनेर प्रशोधन गर्दै युरोप बेचिरहेको उल्लेख गरेको हो । तथ्यांकअनुसार यो वर्षको जनवरीसम्म निरन्तर पाँच महिनादेखि भारतबाट युरोपतर्फ तेल निर्यात बढिरहेको थियो । भारतबाट युरोपमा निर्यात हुने पेट्रोलियमको परिणाम १९ लाख टनसम्म पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
-
स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
-
सिराहामा विद्यार्थीको मोबाइल नष्ट गरिएको घटना कानुनी कि गैरकानुनी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण