खनालको गाडी बिना अनुमति विमानस्थलको आन्तरिक एप्रोनसम्म प्रवेश
बुधबार, २० वैशाख २०८०, १९ : ०२
काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई लिन गएको सवारी साधन बिना अनुमति त्रिभुवन विमानस्थलको आन्तरिक एप्रोनसम्म प्रवेश गरेको पाइएको छ । वैशाख १९ गते बिहान ७ बजेर १५ मिनेट जाँदा सो सवारी अनधिकृत रूपमा प्रवेश गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।
यस सम्बन्धमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयलाई स्पष्टीकरण माग गरिएको छ । हवाई सुरक्षा विभागका निर्देशक बासुदेव भट्टराईद्वारा प्रेषित पत्रमा भनिएको छ, ‘सो सम्बन्धमा नेपाल राजपत्र (मिति ५ साउन २०७१) को खण्ड ६४ साथै NCASP 6th Edition 2019 को 7.9.5 मा उल्लेख भए बमोजिमको प्रावधान पालना भए/नभएको स्पष्ट खुलाई यथाशीघ्र पेस गर्नुहुन प्राधिकरणको मिति २०८०/१/२० गतेको निर्णयअनुसार अनुरोध गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण