भारतमा सडक दुर्घटना परी ११ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको केन्द्रीय राज्य छत्तीसगढमा बुधबार र बिहीबार राति भएको सडक दुर्घटनामा परी पाँच महिला र दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । उक्त घटनामा एक जना गम्भीर घाइते भएका स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।
बालोदका प्रहरी उपरीक्षक जितेन्द्रकुमार यादवले भने, “बलोद जिल्लाको जगतरा क्षेत्रमा ट्रक र कार एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन् । घाइते बालकलाई राज्यको राजधानी रायपुरको एक अस्पतालमा उपचारका लागि पठाइएको छ ।”
छिमेकी जिल्लामा भएको एक विवाह समारोहमा सहभागी भएर घर फर्कने क्रममा उक्त दुर्घटना भएको हो ।
उनीहरुको कार विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको यादवले बताए । दुर्घटनापछि कारको अधिकांश भागमा क्षति भएको छ ।
स्थानीय प्रहरी अधिकारीका अनुसार मृतक सबै एकै परिवारका सदस्य हुन् ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
-
स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
-
सिराहामा विद्यार्थीको मोबाइल नष्ट गरिएको घटना कानुनी कि गैरकानुनी ?
-
अभिनेत्री मधुको खुलासा : सुटिङ सेटमा रिस उठेपछि नाना पाटेकरलाई सचिक्कै थप्पड हिर्काएँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण