प्रचण्ड–ओली आज पनि छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज शुक्रबार पनि भेटवार्ता हुने भएको छ । शुक्रबार दिउँसो ३ बजे भेटवार्ताका लागि सयम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘दिउँसो ३ बजे सिंहदरवारमा भेटवार्ता गर्नेगरी समय तय भएको छ । भेटवार्ताको एजेण्डाबारे थाहा छैन’, प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यको भनाइ छ ।
नक्कली भुटानी शरणर्थी प्रकरणमा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रचण्ड ओली भेटवार्ता बाक्लो हुन थालेको हो । बिहीबार पनि दुई नेताबीच सिंहदरवारमा भेटवार्ता भएको थियो । बिहीबारको भेटवार्तामा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका नेतालाई षड्यन्त्रपुर्ण ढंगले फसाउन खोजिएको त होइन ? भनेर प्रश्न गरेका थिए ।
बुधबार रायमाझीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । प्रक्राउ पुर्जी जारी भएपछि रायमाझी सम्पर्कविहीन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
-
लुम्बिनीमा सडक ठेक्का : नेपाली, भारतीय र चिनियाँ कम्पनीको प्रतिस्पर्धा
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण