म को हुँ ?
म आफैँमा अन्योलमा छु,
बाटो बिराएको फगत यात्रीजस्तै ।
म एक अपरिचित गोरेटो हुँ
माइल माइलको यात्रापश्चात्
हिँडाइको अर्थदेखि अनभिज्ञ
भित्र मनको मझेरीदेखि
भावनाको मुलायम बार तोडेर
मात्र साधारण जवाफ जान्न चाहन्छु,
म को हुँ ?
म कोक्रामा सुतिरहेको अबोध शिशु हुँ कि ?
कालोपाटीमा कुरूप कखरा कोर्दै गरेको बालक हुँ ?
अल्लारे षोडशी उमेरको डालीमा बसी
तन्नेरी गीत गाउने प्रेम गीत हुँ कि ?
बा आमाको सपना बिथोल्ने फटाहा हुँ ?
आखिर म को हुँ ?
म कसैको छोरा हुँ कि कसैको ज्वाइँ ?
कसैको दाइ हुँ कि कसैको भाइ ?
म कसैको साधना हुँ कि सपना ?
कस्सम, यस्तो असामान्य प्रश्नहरूले
मन र मस्तिष्कको भिडन्तले
द्वन्द्वमय बनेको छु ।
के मलाई न्याय गर्छन् होला ?
यति निर्दयी कसरी हुन सक्छ म ?
आफैले धेरै प्रश्न गरेर
थलाएको छु जीवनलाई ।
यस्तो अड्बाङ्गे प्रश्नको जिकिर गर्ने
म पागल हुँ कि ?
कि भुलहरूको प्रायश्चित हुँ ?
आखिर म को हुँ ?
म बिहानीको किरण हो कि ?
मध्यान्हको प्रचण्ड सूर्य ।
सन्ध्या पो हुँ कि ?
कि क्षितिज पारी पुगेको बुढ्यौली घाम
म जन्म, जिन्दगी अनि मृत्यु
शोक, भोक, रोग के के...
म के मात्रै हुँ ?
भित्रभित्रै केही पीडा महसुस भएको छ
म तिनीहरूलाई बाहिर निकाल्न चाहन्छु,
तर कसरी ?
रोएर मात्र मेरो अनमोल आँसु खेर जान्छ,
एउटा साधारण प्रश्न,
म को हुँ ?
मेरो नाम मेरो हो कि ?
म मेरो नाम को ?
म जिन्दगी हो कि ?
जिन्दगी म हुँ ?
प्रश्नै प्रश्नैको भीडमा
जल्दै गरेको बत्ती हुँ कि ?
वर्षहरूको खात लगाएर
बनेको एउटा युग ?
आखिर म को हुँ ?
काभ्रे, पाँचखाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण