भारतमा बस दुर्घटना : मृत्यु हुनेको संख्या २१ पुग्यो
नयाँदिल्ली । भारतमा मङ्गलबार एक बस पुलबाट खस्दा कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
बस मध्य प्रदेश राज्यको इन्दोर सहरको दक्षिणमा रहेको सुख्खा नदीको किनारमा करिब छ मिटर तल खसेको थियो ।
“कम्तीमा २१ जनाको मृत्यु भएको छ,” नाम नबताउने सर्तमा एक वरिष्ठ प्रहरी अधिकारीले भने ।
मृत्यु हुनेमा तीन जना बालबालिका र १० जना महिला रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
दुर्घटना हुनुअघि बसका चालक (स्टेयरिङ)मा निदाएका र दुर्घटना हुन पुगेको तर बस दुर्घटना भएपछि उनी घटनास्थलबाट भागेका थिए ।
विश्व बैंकले सन् २०२१ मा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार भारतमा विश्वको करिब एक प्रतिशत सवारी साधन भए पनि सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या ११ प्रतिशत भारतमा छ ।
सोही प्रतिवेदनअनुसार भारतमा वर्षेनी करिब एक लाख ५० हजार कार दुर्घटनामा मृत्यु हुने गरेको छ भने प्रत्येक चार मिनेटमा एक जनाको मृत्यु हुने गरेको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
-
स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
-
सिराहामा विद्यार्थीको मोबाइल नष्ट गरिएको घटना कानुनी कि गैरकानुनी ?
-
अभिनेत्री मधुको खुलासा : सुटिङ सेटमा रिस उठेपछि नाना पाटेकरलाई सचिक्कै थप्पड हिर्काएँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण