बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

धरान उपमहानगरपालिका मेयर साम्पाङको विरोधमा उत्रिए सुनसरीका पत्रकार

शुक्रबार, २९ वैशाख २०८०, १६ : ४३
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरीका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन् । मेयर साम्पाङको अभिव्यक्ति र व्यवहारले आफूहरू असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

 शुक्रबार महासंघले मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा समेत पत्रकारहरुको बिरोध गर्न आफ्ना समर्थकहरुलाई उक्साएको आरोप लगाउँदै आफूहरूको सुरक्षा गर्न माग गर्दै सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाएको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर मेयर साम्पाङबाट आफूहरूको सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

 सामाजिक सञ्जालमा समेत मेयर साङपाङले आफूहरू विरुद्ध आफ्ना सकर्थकहरुलाई परिचालन गर्ने प्रयास गरेकाले सुरक्षाका लागि आफूहरूले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउनु परेको महासंघका अध्यक्ष जनकऋषि राईले बताए । उनले भने, ‘फेसबुकबाट व्यक्त गर्ने विचारहरूले हामीप्रति उहाँले आफ्ना कार्यकर्ताहरूलाई उक्साई रहेको छ भन्ने हाम्रो ठम्याई हो । त्यो कारणले हामी यहाँ असुरक्षित छौँ । यो असुरक्षालाई तपाईँहरूको तर्फबाट सम्बोधन गरिनु पर्छ । हामी असुरक्षित भयौँ । त्यही कारणले हामीले सुनसरीका धरान कार्यक्षेत्र बनाएका साथीहरूलाई आफू सुरक्षित रहेर मात्रै पत्रकारिता गर्नु होला भनेर हामीले हिजोको बैठकबाट अनुरोध पनि गरेका छौँ ।

मेयर साम्पाङ विरुद्धको पत्रकार महासंघ सुनसरीको आन्दोलनलाई पत्रकार महासंघ मोरङ र कोशी प्रदेश समिति समेतले ऐक्यबद्धता जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप