'दिनरात श्रमदान गरेँ, आज हर्क साम्पाङ मुर्दावाद भन्छन्'
शनिबार, ३० वैशाख २०८०, ०८ : ४८
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो मेहनतको कदर नभएको गुनासो गरेका छन् ।
पानीको समस्या देखाएर राजनीति गर्न चाहेकाहरू नै आफूलाई असफल बनाउन लागि परेको उनको आरोप छ । नियोजित रूपमा खानेपानीको पाइपमा आगो लगाइएको भन्दै उनले निराशा पोखेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्- 'दिन रात एक बनाएर धराने जनताको सेवामा जुटेँ, बजेटको काम मात्रै होइन श्रमदान अभियान चलाएरै धेरै विकास निर्माणका कामहरू गरेँ त्यसैले आज 'हर्क साम्पाङ मुर्दावाद'को नारा घन्कियो ! आज पाइप लाइनमा डढेलो समेत लगाइयो ! वा... भाइ वा... धन्यवाद छ तिनलाई जसले जनताको खानेपानी पाउने अधिकार खोसेर सधैँ भरि पानीको अभाव देखाई राजनीति गर्न चाहेको छ ! वा...'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण