माधव नेपाललाई रौतहटमा ६५ किलोको मालाले स्वागत
रौतहट– रौतहटमा पूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ट नेता माधवकुमार नेपाललाई ६५ किलोको माला लगाएर स्वागत गरिएको छ । रौतहटको देवाही गोनाही नपा धरहरीस्थित ग्याँस तथा सिलिन्डर चुल्हो बितरण समारोहमा नेता नेपाललाई जयकिशान माविले ६५ किलोको माला लगाएर स्वागत गरेको हो ।
यसअघि एमाले शीर्ष नेता नेता जानै नसक्ने मधेसका जिल्लामा निर्वाचनपछि भने माहोल फेरिएको स्थानीयले बताएका छन् ।
सो अवसर मा २०० जना स्थानीयलाई ग्याँस तथा चुल्हो बितरण गरिएको हो ।
कार्यक्रममा नेता नेपालले आधुनिक युगमा दाउराको प्रयोग मानव स्वास्थका लागि हानिकारक रहेको बताए ।
जिल्लाको विकासका लागि आफू सदैव तत्पर रहने भन्दै नेता नेपालले सक्दो प्रयास गर्ने आश्वसन पनि दिए ।
कार्यक्रममा सांसद प्रभु साहले निर्वाचन पहिले आफुले जारी गरेको घोषणापत्र अनुसार ग्याँस वितरण गरिएको बताए ।
रौतहट क्षेत्र नं ३ लाई धुवारहित क्षेत्र बनाउने प्रतिबद्धता साहले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
-
कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने !
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण