यशस्वी बुक अवार्डका लागि पुस्तक आह्वान

काठमाडौँ । कलिङ्ग साहित्य महोत्सवले २०८० देखि १५ विधामा १५ लेखकलाई नेपाल यशस्वी पुस्तक पुरस्कार प्रदान गर्ने भएको छ । काल्पनिक र गैरकथा, कविता, अनुवाद, व्यापार र रणनीतिक मामिलासम्बन्धी, वातावरणीय, जीवनी र आत्मकथा, बालपुस्तक, खेलकुद, जीवनशैली र उदीयमान प्रवृत्तिका पुस्तकलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने छ ।
प्रकाशकहरू, लेखकहरूद्वारा पेश गरिएका पुस्तकबाट उत्कृष्ट पुस्तक चयन गरिने छ । विजेताहरूलाई काठमाडौं–कलिङ साहित्य महोत्सवमा सम्मान र पुरस्कृत गरिने छ । महोत्सवमा हुने बौद्धिक छलफललाई समृद्ध बनाउनका लागि लेखक तथा विद्वान समीक्षकहरूद्वारा यी पुस्तकहरूमा समर्पित सत्रहरू पनि राखिने महोत्सवकी संस्थापक तथा निर्देशक, यशस्वी साहित्य प्रतिष्ठानकी अध्यक्ष रञ्जना निरौलाले जनाइन् ।
पुस्तक ज्ञानज्योति पुस्तक पसल अद्वैतमार्ग, बागबजारमा पठाउन सकिनेछ । साथै, सफ्ट प्रतिलिपि इमेलमा पनि पठाउन सकिन्छ ।
आगामी भदौ १५ देखि १७ सम्म काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करणमा ६० भन्दा बढी सत्रहरू आयोजना गरिदैछ । महोत्सवको आयोजकमा यशस्वी प्रज्ञा प्रतिष्ठान, हिमालयन डायरी प्रालि नेपाल र भारतको कलिङ्ग साहित्य महोत्सव छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिउड अभिनेत्री भाग्यश्री काठमाडौँमा
-
डाक्टर पास भएपछि रामजी रामले भने– ‘अब बिरामीको दुःखमा पास हुनुछ’
-
रिलिज अघि नै आदिपुरुषले उठायो ८५ प्रतिशत लगानी, ४३२ करोड भारु कमाई
-
दोषी ठहरिए माओवादीकै नेता भएपनि कारबाही गर्छु : गृहमन्त्री
-
झुलाघाटमा पक्की पुल बन्ने निर्णयले बैतडीमा खुसियाली
-
वार्षिक आम्दानीअनुसार कति तिर्ने आयकर ?