जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन
काठमाडौँ । जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मका सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन जारी भएको छ । सोमबार काठमाडौँ महानगरपालिका र सडक विभागले संयुक्त सूचना जारी गर्दै जडीबुटी चोक (अरनिको राजमार्ग) देखि पेप्सीकोला चोकसम्म सडक सीमाका अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो ।
‘सडकको केन्द्र रेखाबाट दायाँ बायाँ दुवैतर्फ १५÷१५ मिटर सडक कायम रहेको हुँदा सरकार र स्थानीय सरकारका सम्बन्धित निकायहरूबाट संयुक्त रूपमा वैशाख १० गते सडक सीमाको सीमाङ्कन गरी चिनो लगाइएको वा किला गाडिएको हुँदा सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को अवज्ञा गरी उक्त स्थानमा सडकको सीमा क्षेत्रभित्र नक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्तिहरूबाटै हटाउन/भत्काउन मुनासिब माफिकको म्याद तोकी सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।
साथै तोकिएको म्यादभित्र अनधिकृत संरचनाहरू नहटाएमा सार्वजनिक सडक ऐन २०३१ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड तथा कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही गरिने समेत सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण