बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ठेकेदार कम्पनीसँग ३ करोड ७५ लाख उठाइदिन महासंघलाई पत्र, आत्मदाहको चेतावनी !

बिहीबार, ११ जेठ २०८०, १७ : ०६
बिहीबार, ११ जेठ २०८०

काठमाडौँ । निर्माण व्यवसायी अच्यूत सापकोटाले गोकर्ण कन्सट्रक्सनले ठेक्का लगाएर करोडौं भुक्तानी नदिएको आरोप लगाएका छन् । उक्त आरोपसहित सापकोटाले नेपाल निर्माण व्यवसायी महासंघलाई चिठ्ठी लेख्दै रकम उठाइदिन समेत अनुरोध गरेका छन् । जेठ १० गतेको मितिमा महासंघ सचिवालयलाई लेखिएको चिठ्ठीमा लेखिएको छ, ‘म अच्यूत सापकोटा र नागर्जुन कन्सट्रक्सनबीच २०७५ साल पुस महिनामा ठेक्का सम्झौता भएको थियो ।’ नागार्जुन कन्स्ट्रक्सनका सञ्चालक गोकर्णप्रसाद पण्डितले काम लगाएर भुक्तानी नदिएको समेत पत्रमा उल्लेख छ ।

सम्झौताअनुसार सापकोटाको कम्पनी आसिका निर्माण सेवाले नागार्जुन कन्स्ट्रक्सनबाट ३०–३० मिटरको कोल्पुखोला पुल निर्माणको ठेक्का पाएको पत्रमा लेखिएको छ । काम सुरु गर्दा पुलको लम्बाई र चौडाई २५–३२ हुन गएको र सोहीअनुसारको डिजाइन दिएर कन्स्ट्रसनले काम लगाएको सापकोटाले महासंघलाई लेखेको पत्रमा खुलाइएको छ ।
तर, काम सुरु भइसकेपछि कन्स्ट्रक्सनले पुलको डिजाइनमा समस्या देखिएको भन्दै काम रोक्न भनेर भुक्तानी नदिएको आरोपपत्रमा छ । पत्रमा लेखिएको छ, ‘काम सञ्चालन भएको अवधिसम्मको बिलअनुसार ३ करोड ७५ हजार ६३ हजार रुपैयाँ पाउनुपर्ने छ ।’ उक्त रकम २६ महिनासम्म पनि नदिएको र भुक्तानीका लागि अनुरोध गर्दा पुलिस केस गर्ने भनेर धम्क्याएको समेत पत्रमा लेखिएको छ ।

आफ्नो उठ्न पर्ने रकम ७ दिनभित्रको समयमा उठाइदिन महासंघलाई अनुरोध गर्दै सापकोटाले लेखेका छन्, ‘अन्यथा महासंघको प्राङ्गणमा आत्मदाह गर्नेछु ।’ यस विषयमा बुझ्न महासंघका अध्यक्ष रवि सिंह र महासचिव रोशन दाहाललाई फोन गर्दा सम्पर्क हुन सकेन ।

achyut-sapkota1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप