शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिक्षु जसले ८२ वर्षको उमेरसम्म वास्तविक महिला नदेखीकनै मृत्युवरण गरे

शुक्रबार, १२ जेठ २०८०, १५ : ५०
शुक्रबार, १२ जेठ २०८०

मिहाइलो टोलोटो एक ग्रीक भिक्षु थिए जसले आफ्नो ८२ वर्षको जीवनकालमा कहिल्यै वास्तविक महिला देखेनन् । उनी माउन्ट एथोसमा बस्थे । 

सन् १८५६ मा जन्मिएका मिहाइलो टोलोटोको जीवन धर्तीमा पाइला टेकेदेखि नै सङ्घर्षको पर्याय बन्यो । उनलाई जन्म दिएको चार घण्टापछि नै उनकी आमाको मृत्यु भयो । उनलाई जिम्मा लिनका लागि उनका पिताको अत्तोपत्तो थिएन । माउन्ट एथोसमा भएको एउटा गुम्बामा उनलाई कसैले छोडिदियो । उक्त गुम्बा  अर्थोडक्स भिक्षुवादको केन्द्र थियो । त्यहाँका भिक्षुले उनलाई आफ्नो शरणमा लिए र त्यही गुम्बा उनको स्थायी घर बन्यो । उनलाई गुम्बाभित्र हुर्काइयो, पढाइयो । मिहाइलो भिक्षु बने र उनले नमरुन्जेल आफू बस्ने डाँडो काटेनन् । उनको निधन सन् १९३८ मा भइसक्यो । माउन्ट एथोसमा महिलालाई पाइला टेक्न दिइँदैनथ्यो त्यसैले मियाहिलो टोलोटोले वास्तविक महिला नदेखी नै मृत्युवरण गरे ।

जीवनभरि महिला नदेख्नेमा मिहाइलो टोलोटो एक्लो व्यक्ति थिएनन् । जन्मजात दृष्टिविहिनहरुले पनि केही देखेका हुँदैनन् तर उनको कथा रोचक छ किनभने उनी कहिल्यै महिलाको सम्पर्कमा नै आएनन् । उनले आफ्नो जीवन आफूजस्तै भिक्षु र कहिलेकाहीँ गुम्बा घुम्न आउने पुरुष आगन्तुककै वरिपरि बिताए ।

monkउनको मृत्युपछि मिहाइलोका भिक्षु साथीहरूले उनका लागि विशेष अन्तिम संस्कारको आयोजना गरे । मिहाइलो महिलालाई नदेख्ने, नछुने र नबोल्ने विश्वका पहिलो व्यक्ति हुन् भन्ने उनका साथी भिक्षुहरूको ठम्याइ छ । एउटा पुरानो समाचार आर्टिकलका अनुसार ग्रिकका ती भिक्षुले जीवनभरि कार र हवाई जहाजसमेत देखेनन् । उनी जुन समयका थिए, त्यसलाई हेर्ने हो भने यो खासै नौलो कुरा भने होइन । 

monk1रोचक कुरा के छ भने, मिहाइलो टोलोटो दुई भिन्न अवसरमा महिलासँग सम्पर्कमा आएको हुनसक्छ तर उनले महिलालाई चिन्न सकेनन् । सन् १९२० मा फ्रान्सकी दार्शनिक तथा लेखिका मारिसे कोइसीले आफूलाई नाविकको रूप धारण गरेर माउन्ट एथोसमा गएकी थिइन् । मिस युरोपको ताज जित्ने पहिलो ग्रिक महिला अलिकी डिप्ताराकौले पनि महिलालाई निषेध गरिएको ‘पवित्र’ पर्वतमा प्रवेश गर्नका लागि सन् १९३० मा भेष बदलेकी थिइन् । 

Mihailo-Tolotosमिहाइयोको ती एक वा दुई जना नै महिला भेट भएको हुनसक्छ तर उनीहरुले भेष बदलेका कारण मिहाइयोले उनीहरूलाई चिन्न नसकेको पनि हुनसक्छ । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप