खसेको फोन निकाल्न भारतीय अधिकारीले पूरै जलाशय खाली गर्न लगाए
छत्तिसगढ । आफ्नो फोन निकाल्न पूरै जलाशय सुकाउन निर्देशन दिने भारतका एक सरकारी अधिकारीलाई निलम्बन गरिएको छ । राजेश विश्वासको मोबाइल फोन सेल्फी लिने क्रममा जलाशयमा खसेको थियो ।
बाँधबाट लाखौँ लिटर पानी खाली गर्न तीन दिन लागेको थियो । जब फोन फेला पर्यो, त्यो पानी पसेर काम नलाग्ने अवस्थामा थियो । विश्वासले उक्त फोनमा संवेदनशील सरकारी दस्ताबेज रहेकाले त्यसलाई निकाल्न आवश्यक रहेको स्पष्टीकरण दिएका छन् । यद्यपि, उनीमाथि आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाइएको छ ।
फुड इन्स्पेक्टर रहेका विश्वासले छत्तिसगढमा रहेको खेरकट्टा जलाशयमा आइतबार करिब १ लाख भारु पर्ने आफ्नो समसङ फोन खसाएका थिए । स्थानीय गोताखोरले फोन फेला नपारेपछि उनले डिजेल पम्प ल्याएर पानी सुनाउन लगाएको भारतीय मिडियाले जनाएका छन् ।
आफूलाई सो पानी नजिकको नहर पठाउने मौखिक अनुमति रहेको र यसले किसानलाई नै फाइदा पुग्ने दाबी विश्वासले गरेका छन् । तीन दिनसम्म पम्प चलाउँदा ४ लाख ४० हजार ग्यालन पानी खाली गरिएको थियो । उक्त पानीले ६ वर्ग किलोमिटर क्षेत्रफललाई सिँचाइ गर्न पुग्ने बताइएको छ ।
उजुरीपछि मात्र उनको काम बन्द गरिएको थियो । स्थानीय अधिकारी प्रियङ्का शुक्लाले भनिन्, ‘उनलाई छानबिन अवधिभरका लागि निलम्बन गरिएको छ । पानीजस्तो महत्त्वपूर्ण स्रोतलाई यसरी खेर फाल्न पाइँदैन ।’
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण