ओडिशा रेल दुर्घटना : प्रधानमन्त्री मोदी बालासोर जाने, घाइतेहरूलाई भेट्ने
शनिबार, २० जेठ २०८०, ११ : ४५
नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी ओडिशाको बालासोरमा भएको भीषण रेल दुर्घटनाको स्थलको भ्रमण गर्नेछन्। समाचार एजेन्सी पीटीआईले सरकारी स्रोतलाई उद्धृत गर्दै प्रधानमन्त्री मोदी शनिबार कटकको अस्पतालमा घाइतेहरूलाई भेट्न जाने बताएको हो ।
बालासोरमा भएको रेल दुर्घटनामा अहिलेसम्म कम्तिमा २८० जनाको मृत्यु भइसकेको बताइएको छ । रेलमन्त्री अश्विनी वैष्णव र ओडिशाका मुख्यमन्त्री नवीन पटनायक पनि शनिबार बिहान घटनास्थल पुगेका छन्।
दुर्घटनाको कारणबारे रेलमन्त्री वैष्णवलाई सोध्दा उनले भने, ‘उच्चस्तरीय समिति बनाइएको छ, अनुसन्धानपछि मात्रै केही भन्न सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण