ओडिशा रेल दुर्घटना : रेलमन्त्रीको राजीनामा माग
ओडिशाको बालासोरमा भएको रेल दुर्घटनामा कम्तिमा २८० जनाको मृत्यु भएको छ । घाइतेको संख्या करिब ९ सय रहेको बताइएको छ ।
रेल मन्त्री अश्विनी वैष्णव, ओडिशाका मुख्यमन्त्री नवीन पटनायक शनिबार बिहान घटनास्थल पुगेर स्थितिको जानकारी लिएका छन्। रेल दुर्घटनापछि सत्तारुढ र विपक्षी दलका नेताहरुबाट प्रतिक्रिया आइरहेका छन् । विपक्षी दलका केही नेताले दुर्घटनापछि रेलमन्त्रीको राजीनामा माग गरेका छन् ।
टीएमसी नेता अभिषेक बनर्जीले फेसबुकमा लेखेका छन्, ‘मोदी सरकारले जनतालाई भ्रममा पार्न र आफ्नो राजनीतिक महत्वाकांक्षा पूरा गर्न वन्दे भारत ट्रेन र नयाँ स्टेशनहरूको कुरा गर्छ तर सुरक्षाको बारेमा केही गरिरहेको छैन। घटनास्थलबाट देखिने दृश्य हृदयविदारक छ । सयभन्दा बढीले ज्यान गुमाए । ज्यान गुमाउनेहरुका परिवारलाई मेरो समवेदना।’
राजीनामाको माग गर्दै बनर्जीले भने, ‘यदि अन्तस्करणको आवाज बाँकी छ भने, रेल मन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ।’
महाराष्ट्रका पूर्व उपमुख्यमन्त्री तथा एनसीपी नेता अजित पवारले घटनाप्रति दुःख व्यक्त गरेका छन्। अजित पवारले भने, ‘यो दुर्भाग्यपूर्ण घटना हो । यसबारे रेलवे विभागले छानबिन गर्नुपर्छ। दोषीमाथि छानबिन हुनुपर्छ । रेलवेले जनताको जीवनको मूल्य बुझ्नुपर्छ। यसअघि यस्ता रेल दुर्घटना हुँदा रेलमन्त्रीले राजीनामा दिने गर्थे तर अहिले कोही अगाडि आउन तयार छैनन् ।’
तर, घटनास्थलमा रेलमन्त्री अश्विनी वैष्णवलाई यसबारे सोध्दा उनले भने, ‘म भन्छु कि पहिलो फोकस जीवन बचाउन र राहत कार्यमा हुनुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण