मधेसी एसोसिएसन अफ अमेरिकाको अध्यक्षमा रौनियार

काठमाडौँ । मधेसी एसोसिएसन अफ अमेरिकाको अध्यक्षमा डा.संगिता रौनियार चयन भएकी छन् । अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फियामा सम्पन्न अधिवेशनले रौनियारको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन गरेको एशोसिएशनका प्रवक्ता सुवाषकुमार बैठाले जानकारी दिए ।
एशोसिएशनको वरिष्ठ उपाध्यक्षमा मनोज सिंह र महासचिवमा शाही साह निर्विरोध चयन भएका छन् । उपाध्यक्षहरुमा दिनेश शाह, डा. शोभा मण्डल, धर्मेन्द्र झा, चेतनारायण यादव, नवीन शाह, जय शाह, प्रमोद गुप्ता, सुरज नायक चयन भएका छन् । सचिवमा प्रकाश भाइ मधेसिया, कोषाध्यक्षमा मोहम्मद रफीद चयन भएका छन् ।
यसैगरी महिला संयोजकमा पिंकी यादव चयन भएकी छन् भने सदस्यहरूमा दिपेन्द्र के भगत, मनोरमा साह, शम्भु यादव, रामेश्वर चौधरी, सन्तोष यादव, अजय यादव, मुकेश यादवलगायत चयन भएका छन् ।
एसोसिएसनकी संस्थापक महासचिव तथा निवर्तमान वरिष्ठ उपाध्यक्ष रहेका अध्यक्ष रौनियार अमेरिकामा इन्जिनियर पेसा रहेकी छन् ।
सप्तरी पत्तेपुरकी डा.रौनियारले नेपालको पुल्चोक इञ्जिनयरिङबाट ब्याचलर तथा अमेरिकाको युनिभर्सिटी अफ टेक्सास आलेन्टनबाट मास्टर्स र पीएचडी गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
खेलस्थल र प्रायोजक सम्बन्धी विवादका कारण साफ च्याम्पियनसिप फुटबल स्थगित
-
शशांकको चियापानमा इतर समूहका भन्दा संस्थापनका धेरै नेता, देखिएनन् शेखर र सुजाता
-
घाइते क्रिकेटर सिद्धान्तको उपचारमा क्यानले उपलब्ध गरायो ५ लाख आर्थिक सहयोग
-
कर्णालीमा मन्त्रालय पुनर्संरचनाः मन्त्रीले काम गर्न नसकेपछि छानियो विज्ञ
-
आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिन निजी मेडिकल कलेजहरूलाई निर्देशन
-
तस्बिरमा हेर्नुहोस् भृकुटीमण्डपमा नेकपा एमालेको ‘युथ सेलिब्रेशन’