मधेसी एसोसिएसन अफ अमेरिकाको अध्यक्षमा रौनियार
काठमाडौँ । मधेसी एसोसिएसन अफ अमेरिकाको अध्यक्षमा डा.संगिता रौनियार चयन भएकी छन् । अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फियामा सम्पन्न अधिवेशनले रौनियारको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन गरेको एशोसिएशनका प्रवक्ता सुवाषकुमार बैठाले जानकारी दिए ।
एशोसिएशनको वरिष्ठ उपाध्यक्षमा मनोज सिंह र महासचिवमा शाही साह निर्विरोध चयन भएका छन् । उपाध्यक्षहरुमा दिनेश शाह, डा. शोभा मण्डल, धर्मेन्द्र झा, चेतनारायण यादव, नवीन शाह, जय शाह, प्रमोद गुप्ता, सुरज नायक चयन भएका छन् । सचिवमा प्रकाश भाइ मधेसिया, कोषाध्यक्षमा मोहम्मद रफीद चयन भएका छन् ।
यसैगरी महिला संयोजकमा पिंकी यादव चयन भएकी छन् भने सदस्यहरूमा दिपेन्द्र के भगत, मनोरमा साह, शम्भु यादव, रामेश्वर चौधरी, सन्तोष यादव, अजय यादव, मुकेश यादवलगायत चयन भएका छन् ।
एसोसिएसनकी संस्थापक महासचिव तथा निवर्तमान वरिष्ठ उपाध्यक्ष रहेका अध्यक्ष रौनियार अमेरिकामा इन्जिनियर पेसा रहेकी छन् ।
सप्तरी पत्तेपुरकी डा.रौनियारले नेपालको पुल्चोक इञ्जिनयरिङबाट ब्याचलर तथा अमेरिकाको युनिभर्सिटी अफ टेक्सास आलेन्टनबाट मास्टर्स र पीएचडी गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अध्यादेशबाट पदाधिकारी हटाउने विवाद सम्बन्धी मुद्दा : सर्वोच्च बार र नेपाल बारबाट ८ जना 'एमिकस क्युरी' पठाइयो
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण