पाल्पा लैजाँदै गरेको एक ट्रक मल बरामद
शनिबार, २७ जेठ २०८०, १५ : १४
बुटवल । पाल्पा लैजाँदै गरिएको एक ट्रक अवैध मल बरामद भएको छ । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगी कालिगण्डकी करिडोर खण्डमा प्रहरीले अवैध मल बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार नवलपरासीबाट पाल्पातर्फ लैजाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकबाट ३७२ बोरा अवैध मल बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी वीरेन्द्र थापाका अनुसार २ लाख ९७ हजार ६ सय मूल्य बराबरको मल बरामद गरिएको बताए । अवैध मलसहित चालकलाई समेत नियन्त्रणमा लिएका छ । बरामद मल र चालकबारे प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण