बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पा लैजाँदै गरेको एक ट्रक मल बरामद

शनिबार, २७ जेठ २०८०, १५ : १४
शनिबार, २७ जेठ २०८०

बुटवल । पाल्पा लैजाँदै गरिएको एक ट्रक अवैध मल बरामद भएको छ । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगी कालिगण्डकी करिडोर खण्डमा प्रहरीले अवैध मल बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार नवलपरासीबाट पाल्पातर्फ लैजाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकबाट ३७२ बोरा अवैध मल बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी  डिएसपी  वीरेन्द्र थापाका अनुसार २ लाख ९७ हजार ६ सय मूल्य बराबरको मल बरामद गरिएको बताए । अवैध मलसहित चालकलाई समेत नियन्त्रणमा लिएका छ ।  बरामद मल र चालकबारे प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप