भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
सारांश
- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।
- राजदूत गोर यसअघि नेपाल भ्रमणका क्रममा पनि सभापति लामिछानेसँग भेटघाट गरेका थिए ।
- भारत भ्रमणमा रहेका नेपाली नेतालाई भारतका लागि अमेरिकी राजदूतले भेट गरेको यो पहिलो पटक हो ।
काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।
राजदूत गोर अमेरिकाका तर्फबाट दक्षिण एसियाका लागि विशेष दूत समेत हुन् । केही समयअघि नेपाल भ्रमणमा आएका बेला पनि उनले सभापति लामिछानेसँग भेटघाट गरेका थिए । नेपाल भ्रमणका क्रममा सगरमाथा आधार शिविरमा ड्रोन परीक्षण गरी उनी भारत फर्किएका थिए । सोही भ्रमणका क्रममा उनले बालेन शाहसँग भने भेट गर्न पाएका थिएनन् ।
नेपाली राजनीतिमा यस भेटलाई निकै चासोका साथ हेरिएको छ । भारत भ्रमणमा रहेका कुनै पनि नेपाली नेतालाई भारतका लागि अमेरिकी राजदूतले भेट गरेको यो पहिलो पटक हो ।
भेटका क्रममा नेपाल र अमेरिकाबिचको साझेदारीलाई थप मजबुत बनाउने विषयमा विचार आदानप्रदान भएको बताइएको छ । अमेरिकी पक्षले नेपालसँगको मित्रतालाई उच्च महत्त्व दिएको उल्लेख गर्दै राजदूत गोरले दुवै देशको समृद्धि र अवसर अभिवृद्धिका लागि साझा प्राथमिकताका क्षेत्रमा सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भेटवार्ताक्रममा आर्थिक विकास, लोकतान्त्रिक मूल्यको प्रवर्द्धन तथा पारस्परिक हितका विविध क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ । अमेरिका र नेपालबिचको दीर्घकालीन मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा दुवै पक्ष सकारात्मक रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण